News Portal

  • विद्याले बचाइन् रवीन्द्रको बिरासत : काँग्रेसका खेमराज बाहेक सबैको जमानत जफत

    भक्तपुर, १५ मङ्सिर
    ११५८ पटक
    भक्तपुर, १५ मङ्सिर

    प्रतिनिधि सभा सदस्य पदका लागि भएको उपनिर्वाचनमा कास्की २ मा नेकपाकी विद्या भट्टराई अधिकारीले बाजी मारेकी छन् । आफ्नो प्रतिस्पर्धीलाई भारी मतान्तरले पछि पार्दै उनले जीत हासिल गरेकी हुन् ।

    विद्याले २४ हजार ३ सय ९४ मत ल्याउँदा खेमराजले १५ हजार ९ सय ९१ मतमै चित्त बुझाउन बाध्य बने । बिद्या ८ हजार बढी मतको फराकिलो अन्तरको विजयी बनेकी हुन् ।

    ४५ हजारले मतदान गरेको उक्त क्षेत्रको उपनिर्वाचनमा २१ उम्मेदवार मैदानमा थिए तर गजबको कुरा के भने विद्या र खेमराज बाहेक सबैको जमानत जफत हुन पुग्यो ।

    विद्याले आफ्ना पति स्वर्गीय रवीन्द्र अधिकारीको बिरासत बचाएर जीत हासिल गरेपछि उनको निकटत्तम प्रतिद्वन्द्वी कांग्रेसका खेमराजले पनि उनलाई खादा लगाइदिएर बधाई दिएका छन् । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि कास्की २ मा उपनिर्वाचन भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...