News Portal

  • नेकपामाथि कांग्रेसको कडा जवाफः ‘लालझण्डा सदैव माथि हुँदैन, बर्लिनको पर्खाल ढलेको थाहा होस्’

    भक्तपुर,१७ मङ्सिर
    ७१० पटक
    भक्तपुर,१७ मङ्सिर

    नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसका तर्फबाट धरान उपमहानगरपालिकाको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार तिलक राईलाई जीतको बधाइ दिएका छन् ।

    वामपन्थीको किल्लाको रुपमा रहेको धरान परिवर्तनको पक्षमा उभिएको शर्माको भनाइ छ ।

    वामपन्थीहरुले धरानमा सधैं लालझण्डा हुन्छ भन्ने सोचेको तर सबैभन्दा माथि जनताको मत हुन्छ भन्ने विर्सिएको उनको भनाइ छ । वामपन्थीहरुले बर्लिनको पर्खालझैं धरानमा आफ्नो लहर ढलेको थाहा नपाएको उनको भनाइ छ ।

    सामाजिक सञ्जालमा उनले लेखेका छन्, ’कसैले भने `पश्चिम् बंगाल´हो धरान । लालझण्डा यहाँ सदैब माथी रहन्छ । बिर्सिए सबै भन्दा माथी जनताको मत रहन्छ । तिनलाई पत्तै भएन पश्चिम् बंगालको राज अलिअघि स्वयं ढलिसकेको थियो बर्लिनको पर्खालझैं !

    आज भानु चोकमा उभिएर धरानले भन्यो म परिवर्तनको पक्षमा उभिन्छु । विन्रम बधाई धरानलाई ।’

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...