News Portal

  • यस्तो छ नेपाली भूमि माग्दै नेपालले भारतीय प्रधानमन्त्री मोदीलाई पठाएको पत्र

    भक्तपुर, १७ मङ्सिर
    ५८८ पटक
    भक्तपुर, १७ मङ्सिर

    सुगौली सन्धिको नेपाली भूमि भारतले फिर्ता गर्नुपर्ने भन्दै आन्दोलनरत ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लाई पत्राचार गरी नेपाली भूमि फिर्ता गर्नुपर्ने माग गरेको छ । मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले भारतीय प्रधानमन्त्री मोदी समक्ष नेपाली भूमि फिर्ताको माग राखी पत्र पठाएका हुन् ।

    तत्कालीन इस्ट इन्डिया कम्पनी सरकारले नेपाल सरकारलाइ सुगौली सन्धिको प्रस्ताव पठाएको डिसेम्बर २ को दिन पारेर मोर्चाले मोदीलाई पत्र पठाएको हो । हुलाक मार्फत रजिस्टर गराएर मोर्चाले पत्र पठाएको अध्यक्ष फणिन्द्र नेपालले बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालापानीबाट भारतीय अर्धसैनिक बल फिर्ता लैजान र सुगौली सन्धिमा गुमेको नेपाली भूमि फिर्ता गर्न माग गर्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाद्वारा रजिस्ट्री गरी पत्र पठाइएको उनले प्रष्ट पारे ।

    ”तपाईंलाई कश्मीर चाहिन्छ भने हामीलाई दार्जीलिङ , सिक्किम , देहरादुन र शिमला चाहिन्छ । त्यसैले सन् १९४७ अगस्ट १५ देखि अाजसम्म इन्डियाको उपनिवेशमा रहँदै अाएको नेपालको करिब ६०००० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको जमिन नेपालले फिर्ता पाउनुपर्छ भन्ने माग हामी नेपालीले इन्डियासमक्ष राख्दै अाएका छौँ । तर तपाईंहरू यो हाम्रो अावाज नसुनेजस्तो गरिरहनुभएको छ ।” पत्रमा भनिएको छ ।

    हेर्नुस् पूर्णपाठ

    श्री नरेन्द्र दामोदरदास मोदी जी
    प्रणाम ।

    इन्डियाका प्रधानमन्त्रीका रूपमा तपाईंलाई सम्बोधन गरी यो पत्र लेख्दै छु ।

    सन् १८१५ को डिसेम्बर २ मा बेलायतको तत्कालीन इस्ट इन्डिया कम्पनी सरकारले नेपाल सरकारसमक्ष सुगौली सन्धिको प्रस्ताव पठाएको आज २०४ वर्ष पुगेको छ र यति लामो अन्तरालमा टिस्टा नदी र सतलज नदीमा धेरै पानी बगिसकेको छ , जसको साक्षी गङ्गा नदी हुन् भन्ने कुरा यहाँलाई सम्झाउनु नपर्ला ।

    इन्डियाको निर्माण भएकै बखत बेलायतबाट स्वतन्त्र भएको नेपाली भूमिमाथि तत्कालीन पूर्वी पाकिस्तान र इन्डियाले थोपरेको अौपनिवेशिकता प्रजातन्त्र , स्वतन्त्रता र मानव अधिकारको हनन यस्तो निकृष्ट व्यवहार हो , जसको जति निन्दा गरे पनि थोरै हुन्छ । इन्डिया र पाकिस्तान स्वतन्त्र मुलुकका रूपमा विश्व मानचित्रमा उदाउने अनि नेपालको जमिनमाथिको सूर्य उपनिवेशको डाँडा मा पुगेर अस्ताउने ? मान्यवर मोदीजी , नेपाली मात्रलाई यो कदापि स्वीकार्य छैन । तपाईंलाई कश्मीर चाहिन्छ भने हामीलाई दार्जीलिङ , सिक्किम , देहरादुन र शिमला चाहिन्छ । त्यसैले सन् १९४७ अगस्ट १५ देखि अाजसम्म इन्डियाको उपनिवेशमा रहँदै अाएको नेपालको करिब ६०००० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको जमिन नेपालले फिर्ता पाउनुपर्छ भन्ने माग हामी नेपालीले इन्डियासमक्ष राख्दै अाएका छौँ । तर तपाईंहरू यो हाम्रो अावाज नसुनेजस्तो गरिरहनुभएको छ ।

    पछिल्लोपटक नेपालको लिम्पिया धुरादेखि लिपुलेकसम्मको करिब ४०० वर्ग किलोमिटर जमिन इन्डियाको राजनीतिक नक्सामा
    तपाईंको नेतृत्वमा भएको छ , यो अत्यन्तै गलत , अमर्यादित र अशोभनीय कुरा हो । त्यसकारण म तपाईंलाई नेपालको कालापानीबाट भारतीय अर्धसैनिक बल फिर्ता लैजान र भारतको नापी कार्यालयले छापेको त्रुटिपूर्ण राजनीतिक नक्सा सच्याउन हार्दिक अनुरोध गर्दछु । साथै नेपाल र इन्डिया मिलेर अगाडि बढेमा मात्रै इन्डियाको भौगोलिक एकता र हित सुरक्षित हुनेछ भन्ने हेक्का राख्न पनि सम्झाउन चाहन्छु ।

    तपाईंको शुभेच्छुक ,

    फणीन्द्र नेपाल
    अध्यक्ष
    ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा
    काठमाडौं , नेपाल
    डिसेम्बर २, २०१९

    प्रतिकृया दिनुहोस्

    उपभोक्ता हित संरक्षणमा चाँगुनारायण प्रतिवद्ध

    चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले उपभोक्ताको हित संरक्षणका लागि नगरपालिका दृढ रहेको दावी गरेका छन्...

    चार दिने युएई भ्रमणमा प्रधानमन्त्री प्रचण्डका दुई दर्जन उपलब्धी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु सम्मेलनमा भाग लिएर आइतबार स्वदेश फर्किएका छन् । उनले चार...

    दुवाकोट सडकमा स्थानीयको अवरोध

    दुवाकोट मोडमा स्थानीयले सडक अवरुद्ध गरेका छन् । स्थानीयले सडकमा प्रदर्शन गर्दै सवारी आवागमनमा अवरोध...

    शर्मा र सुवेदीलाई सम्मान

    २०८०।०८।१४ काठमाडौं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले अनेसास बिओटी सल्लाहकार रोहिणी शर्मा र अनेसासका...

    आयल निगम ऋण मुक्त भएसंगै घट्यो पेट्रोलियम पदार्थको मूल्य

    भारी ऋणमा रहेको नेपाल आयल निगम ऋण मुक्त भए संगै पेट्रोलियम पदार्थको मूल्य घटेको छ...