News Portal

  • प्रधानमन्त्री ओली बालुवाटार प्रस्थान गर्ने तयारीमा

    भक्तपुर, १८ मङ्सिर
    ९६९ पटक
    भक्तपुर, १८ मङ्सिर

    प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट स्वनिवास बालुवाटार प्रस्थान गर्ने भएका छन् । ९ दिनको लामो अस्पतालको बसाइपछी प्रम ओली स्वनिवास फर्कने तयारीमा लागेका हुन् ।

    सल्याक्रियापछी आराम गर्न अस्पतालमा रहेका प्रम ओलीलाई डिस्चार्ज गर्ने भएको छ । बालुवाटारमा नै आराम गर्ने मनसाय बनेपछी अस्पतालले दिस्चार्ज गर्ने प्रक्रिया सुरु गरेको हो ।

    प्रम ओलीले कम्तिमा पनि एक साता स्वनिवास्मा आराम गर्ने चिकित्सकले बताए । अस्पतालबाट प्राप्त जानकारी अनुसार प्रम ओलीको स्वास्थ्य अवस्थाबारे बुझ्न चिकित्सकीय अवलोकन राखिएको छ ।

    अस्पतालले डिस्चार्ज गर्न तयार थिएन तर प्रधानमन्त्रीले अस्पतालमा लामो समय बस्दा गलत संदेश जान्छ भनेर ढिप्पी गरेपछी डिस्चार्ज गर्न लागेको हो । उनको उपचारमा संग्लन एक चिकित्सकले बालुवाटारमै चिकित्सकको निगरानीमा राखेर डिस्चार्ज गर्ने भनिएता पनि फाईनल नभएको बताए ।

    अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले बुधबार जारी गरेको विज्ञप्तिमा प्रम ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको र हाललाई चिकित्सकीय अवलोकनमा राखिएको जानकारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...