News Portal

  • सुत्केरी भन्दा गर्भपतन गराउने धेरै

    भक्तपुर, १९ मङ्सिर
    १०५८ पटक
    भक्तपुर, १९ मङ्सिर

    पर्वतमा गत वर्ष सुत्केरी भन्दा गर्भपतन गराउने धेरै रहेको छ । गएको वर्ष मात्र ९७२ महिलाले गर्भपतन गराएका छन् ।

    सुत्केरी हुने ९०१ जना रहेको जनस्वास्थ्य कार्यालय पर्वतका तथ्याङ्क अधिकृत प्रवीण भण्डारीले बताएका छन् । उनले तथ्याङ्कलाई आधार बनाउँदा सुत्केरी हुनेभन्दा धेरै संख्यामा गर्भपतन गराउने देखिएको जानकारी दिए ।

    गर्भपतन गर्ने महिलाहरुले जिल्ला अस्पताललगायत २६ स्वास्थ्य संस्थाले सुरक्षित गर्भपतन गराउने स्वीकृति प्रप्ता गरेका स्वास्थ्य संस्थाबाट उक्त सेवा लिएका हुन् । गर्भपतन परिवार नियोजनको रुपमा प्रयोग गरेको भन्दै स्वास्थ्यकर्मीहरु चिन्तित बनेका छन् ।

    ‘परिवार नियोजनका साधन प्रयोग गर्नभन्दा गर्भपतन गर्न सजिलो मान्ने गरेको छ’, पर्वत अस्पतालका प्रमुख डा. शिशिर देवकोटा भन्छन्, ‘ यसले महिलाको स्वास्थमा खतरा निम्त्याउँछ ।’ उनले अस्थायी परिवार नियोजनका साधन कमैले मात्र प्रयोग गरेको बताए । राष्ट्रियस्तरमा परिवार नियोजनको साधान प्रयोगदर ४२ दशमलव ७ प्रतिशत भएतापनि पर्वतमा मात्रै अस्थायी साधनको प्रयोगदर ३१ प्रतिशत रहेको छ ।

    स्वास्थ्यकर्मीक अनुसार अस्थायी परिवार नियोजनका साधन भए पनि प्रयोगकर्ताहरु झण्झट मान्ने गर्छन् । जिल्लाकै सबैभन्दा बढी कुश्मा नगरपालिकाका ४९४ महिलाले गत वर्ष गर्भपतन गरेका छन् ।

    डा. देवकोटाले धेरैपटक गर्भपतन गराउँदा महिलामा पाठेघर कमजोर हुने, गर्भ राख्न चाहँदा पनि गर्भपतन हुने र भविष्यमा बाँझोपनसमेत हुने खतरा हुने बताए । महिलालाई सकेसम्म गर्भनिरोधक अस्थायी साधानको प्रयोग गर्न डा. देवकोटाले सुझाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...