त्रिवि शिक्षण अस्पतालमा उपचार गर्दै बसेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल पुगेकी छिन् ।
एपेन्डिसाइटिसको सल्यक्रिया गरेका प्रधानमन्त्री ओलीलाई भेट्न उनी केही समय अघि मात्र अस्पताल पुगेकी हुन् ।
सल्याक्रिया सके देखि नै प्रम ओली अस्पतालमै आराम गरी बसेका छन् । यसअघि पनि राष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीलाई भेट्न अस्पताल पुगेकी थिइन् ।
प्रधानमन्त्री ओलीलाई ‘सरप्राइज डिस्चार्ज’ गरिने अस्पतालले जानकारी दिएको छ ।