News Portal

  • ओलीले नेपाली राजनीतिमा अर्को चमत्कार गर्ने गोप्य तयारी

    भक्तपुर, २० मङ्सिर
    १२१२ पटक
    भक्तपुर, २० मङ्सिर

    प्रधानमन्त्री केपी शर्मा ओली नेपाली राजनीतिमा एकपछि अर्को चक्मा दिने नेता हुन् । विपक्ष दल र आफ्नै पार्टीभित्र कयौ पटक चक्मा दिएका छन् । जसका कारण विपक्ष दल र पार्टीभित्रका प्रतिस्पर्धीहरु कमजोर बन्ने गरेका छन् ।

    पछिल्लो समय सिंगापुरदेखि त्रिवि शिक्षण अस्पतालसम्मको सफर गरेका प्रधानमन्त्री ओलीले नेपाली राजनीतिमा अर्को चमत्कार गर्न तयारीमा छन् । अहिले स्वास्थ्य अवस्था केही कमजोर भएका कारण आफ्नो कदम अगाडी बढाउन सकेका छैनन् । तर केही दिनभित्रै संविधान संशोधन गरेर राष्ट्रपतिलाई शक्तिशाली बनाउने तयारी थालेका छन् ।

    संविधान संशोधन गरी शक्तिशाली राष्ट्रपति बनाउन प्रधानमन्त्री ओलीले आफुु निकटका नेताहरुसँग केही महिनादेखि छलफल गरिरहेका छन् । सिंगापुर अस्पतालमा रहेका बेला ओलीले राष्ट्रपतिलाई शक्तिशाली बनाउने योजना बनाएको स्रोतले बताएको छ ।

    संविधान संशोधन गरी शक्तिशाली राष्ट्रपति बनाउने बिषयमा ओलीले आफु निकटका नेता बामदेव गौतम र महासचिव बिष्णु पौडेलसँग सिंगापुरमै छलफल गरेका थिए । प्रधानमन्त्री सिंगापुर अस्पतालमा भएका बेला गौतम र पौडेल आकस्मिक सिंगापुर पुगेका थिए । आकस्मिक सिंगापुर पुगेका गौतम र पौडेलसँग शक्तिशाली राष्टपति बनाउने आफ्नो योजना सुनाएको स्रोतले बताएको छ । गौतम र पौडेललाई राजनीतिक सल्लाहकार बिष्णु रिमालले आकस्मिक सिंगापुर बोलाए थिए ।

    प्रधानमन्त्री पछिल्लो समय स्वास्थ्य अबस्थाले कमजोर बनेका छन् । तर राजनीतिकरुपमा भने उनी अझै बलियो बन्दै गएका छन् । राष्ट्रपतिलाई शक्तिशाली बनाउने बिषयमा उनले पार्टीभित्र छलफल भने चलाएका छैनन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि कार्यकारी राष्ट्रपतिकै पक्षमा छन् । पूर्वमाओवादीको अध्यक्ष हुँदा प्रचण्डले कार्यकारी राष्ट्रपतिका लागि निकै ठुलो संघर्ष गरेका थिए । तर कांग्रेसले कार्यकारी राष्ट्रपति स्वीकार नगरेका कारण उनी पछि हटेका थिए ।

    ओलीले ल्याउने कार्यकारी राष्ट्रपतिको प्रस्तावमा प्रचण्ड सहमत हुने निश्चित छ । तर वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल यो प्रस्तावमा तत्कालै सहमत हुन नसक्ने आँकलन गरिएको छ । अर्को सत्ता साझेदार दल समाजबादी पनि कार्यकारी राष्ट्रपतिकै पक्षमा छ । वर्तमान उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादव र अर्का नेता बाबुराम भट्टराई पनि कार्यकारी राष्ट्रपतिकै पक्षमा छन् । कार्यकारी राष्ट्रपतिका पक्षमा संसदमा दुई तिहाई पुग्ने निश्चित छ ।

    कार्यकारी राष्ट्रपतिको वकालत गर्दै आएका उपेन्द्र यादव संघिय मामिला, कानुन तथा न्यायमन्त्री छन् । उनलाई प्रस्ताव लिन सजिलो छ । तर संसदमा प्रतिपक्ष दल कांग्रेसको सामना गर्न असजिलो छ । प्रतिपक्ष दल कांग्रेसको सामना गर्न नेकपा संसदीय दलका नेता सुवास नेम्वाडलाई फेरी सभामुख बनाउने तयारी दुई अध्यक्षले गरी सकेका छन् ।

    कार्यकारी राष्ट्रपतिको संबैधानिक ब्यवस्था गर्न र संसदबाट पारित गराउन नेम्वाडले मात्र सक्ने दुई अध्यक्षले निस्कर्ष निकालेका छन् । कार्यकारी राष्ट्रपति बनाउनकै लागि प्रदेश प्रमुख पनि फेरिएको आँकलन सत्तारुढ दलभित्र गर्न थालिएको छ । वर्तमान राष्ट्रपति बिद्यादेवी भण्डारी पनि कार्यकारीकै पक्षमा छन् । पछिल्लो समय कार्यकारी राष्ट्रपतिका लागि उनले कसरत पनि थालेकी छिन् । ननस्टप खबरबाट

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...