News Portal

  • दुर्लभ एकसिङ्गे गैँडा मर्ने क्रम रोकिएन

    भक्तपुर, २९ मङ्सिर
    ८५१ पटक
    भक्तपुर, २९ मङ्सिर

    चितवन राष्ट्रिय निकुञ्जमा विश्वकै दुर्लभ एकसिङ्गे गैँडा मर्ने क्रम रोकिएको छैन । प्राकृतिक कारणबाट एकसिङ्गे गैँडा दुर्लभ हुँदै गएको हो ।

    प्राकृतिक कारणले चालू आर्थिक वर्षको साढे चार महिनामा पाँचवटा गैँडा मरेका छन् । चितवन राष्ट्रिय निकुञ्जका प्रवक्ता गोपाल घिमिरेका अनुसार गैँडा मर्ने क्रम रोकिएको छैन ।

    गत १८ गते भरतपुर महानगरपालिका–२६ स्थित नारायणी नदीमा गैँडा मृत अवस्थामा भेटियो । ‘मरेको गैँडा त्यस्तै तीस वर्ष उमेरको हो’, प्रवक्ता घिमिरेले भने, ‘मानव बस्तीमा गएर फापर, गहुँलगायतका खेती खाएको रहेछ ।’ खाएको अन्न पचाउन नसकी फुड पोइजन भएर मरेको निष्कर्षमा पुगेको उनले बताए ।

    निकुञ्जमा विष प्रयोगबाट गैँडा मरेको घटना बाहिर आए पनि फुड पोइजनका कारण कुनै पनि गैँडा मरेको तथ्य छैन । त्यसो त अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा ४३ वटा गैँडा चितवन निकुञ्जमा कालगतिले नै मरेको निकुञ्जसँग तथ्याङ्क छ । यो सङ्ख्या २०७४/०७५ मा २६, २०७३/०७४ मा २५ वटा थियो ।

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका उपमहानिर्देशक रामचन्द्र आचार्यको नेतृत्व टोलीले गैँडा मर्नुका कारण अध्ययन गरे पनि यकिन कारण सार्वजनीक नभए पछि विज्ञले बासस्थानकै कारण समस्या भएको औंल्याएका छन् ।

    चितवनमा बढी गैँडा किन मरिरहेका छन् भन्नेमा हामी सचेत छौँ’, उपमहानिर्देशक आचार्यले बताए, ‘अहिले पनि अफ्रिकादेखिका वन्यजन्तु विशेषज्ञ बोलाएर स्थलगत अध्ययन भइरहेको छ ।’

    उनले विगतमा निकुञ्ज वरपरको पानीको परीक्षण, विभिन्न रोगको परीक्षण गरिँदा सामान्य रिपोर्ट आएको जानकारी दिँदै आफ्नो नेतृत्वको टोलीको अध्ययनपछि निकुञ्जमा घाँसे मैदान व्यवस्थापनको कार्य भइरहेको बताए ।

    ‘विदेशी विशेषज्ञ टोलीको अध्ययन प्रतिवेदन पनि आउँला तर हामीले चितवन राष्ट्रिय निकुञ्जमा गैँडा एकपछि अर्को मर्नुका कारण खोज्दै बासस्थान सुधारका योजना अघि सारिरहेका छौँ, उहाँले भन्नुभयो ।

    गैँडाको सङ्ख्या बढेसँगै आहाराको अभावले गैँडा–गैँडा जुध्नु, बाढीले बगाउनु, बूढो हुनु, मानव बस्तीमा आएका गैँडा मानवीय धरापमा परेर मर्नु आदि गैँडा मर्नुका कारण भएको विज्ञहरू बताउँछन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...