विवाहको भोलिपल्टै पत्नीको हत्या गरिएको खबर पत्याउन गार्है पर्छ तर धादिङका एक युवकले यस्तै अपत्यारिलो अपराध गरेको आरोप छ ।
धादिङको सिद्धलेक गाउँपालिका–३ का २३ वर्षीय अर्जुन थापा मगरलाइ विवाहको भोलिपल्टै पत्नीको हत्या गरेका अभियोग लागेको छ । यहि मङ्सिरको ९ गते उनले मकवानपुरकी २० वर्षीय अनिशा तामाङलाई बेहुली बनाएर भित्र्याए पनि उनी ११ गते बिहानदेखि बेपता भएकी थिइन ।
छिमेकीले सोध्दा नयाँ बेहुली एक्लै माइती गएको बताउदै आएका परिवारको कुरामा गाउलेले शंका मान्दै आएका थिए । केही दिन अघि अर्जुनको घरबाट कुहिएको दुर्गन्ध आउन थालेपछि स्थानीयले प्रहरीलाइ खबर गरेका थिए । गाउँलेहरुको सूचनाका आधारमा पुगेको प्रहरीले अनुसन्धानको क्रममा अनिशाका हत्या गरी शव सौचालयको सेफ्ति ट्यांकीमा खसालेको पता लगाएपछि अर्जुन थापा मगरलाई प्रहरीले पक्राउ गरि अनुसन्धानम अघि बढाएको छ ।