News Portal

  • जाडोमा कोठा न्यानो बनाउन कोइला बालेर सुतेका आमाछोराको निसास्सिएर मृत्यु

    भक्तपुर, ३० मङ्सिर
    ८६६ पटक
    भक्तपुर, ३० मङ्सिर

    जाडोमा कोठा न्यानो बनाउन आगो चाहिन्छ तर त्यहि आगो कहिलेकाही काल बन्न सक्ने कुरामा सचेत हुनुपर्ने देखिन्छ । काठमाडौंकै कीर्तिपुरमा कोठा न्यानो बनाउन कोइला बालेर सुतेका आमाछोरा दुबैजनाको ज्यान गएको छ । दुई जनाको सुतेकै अवस्थामा ज्यान गएको हो ।

    ज्यान जानेमा कीर्तिपुर-८ सुन्दरबस्तीका ३६ वर्षीया शर्मिला रञ्जितकार र उनको दुई महिने छोरा रहेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डीएसपी छेदीलाल कामतीले जानकारी दिएका छन् । उनीहरु राति सुत्ने बेलामा तावामा कोइला बालेर सुतेका थिए ।

    आम छोरा राति सुत्ने बेलामा तावामा कोइला बालेर सुतेका थिए । आमाछोरा खाटमा तथा श्रीमान नवराज रञ्जितकार भुइँमै ओछ्यान लगाएर सुतेका थिए । सोमबार बिहान करिब तीन बजेतिर नवराज उठेर श्रीमतीलाई बोलाउन खोज्दा नबोलेपछि प्रहरीलाई खबर गरेका बताइएको छ ।

    ”अक्सिजन अभावका कारण निसास्सिएर आमा छोराको मृत्यु भएको अनुमान छ यद्यपि मृत्युको वास्तविक कारण पत्ता लगाउन घटनास्थलमा चिकित्सकको टोली पनि पुगेको छ ।” डीएसपी कामतीले भने ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...