News Portal

  • भिजिट नेपाल- २०२० को उद्घाटन रत्न मन्दिरबाट गर्ने तयारी

    भक्तपुर, २ पुस
    ८२३ पटक
    भक्तपुर, २ पुस

    ‘भिजिट नेपाल- २०२०’ को मेसो परेर पोखराको फेवा तालको किनारमा रहेको ‘रत्न मन्दिर’ खुलाउने प्रक्रिया अगाडी बढेको छ । गण्डकी प्रदेश सरकारले सो मन्दिर खुलाउने तयारी थालेको हो ।

    गण्डकी प्रदेश सरकारले रत्न मन्दिरबाट भिजिट नेपाल- २०२० को उद्घाटन गर्ने योजना बनाएको छ। नेपाल ट्रष्टको स्वामित्वमा उक्त मन्दिर ट्रस्टको आग्रह पछि मन्दिर खुलाउने तयारीमा जुटेको प्रदेश सरकारका उद्योग, वन तथा वातावरणमन्त्री विकास लम्सालले बताए ।

    योजना अनुसार आगामी पुस १६ गते हुने भिजिट नेपाल-२०२० को उद्घाटन कार्यक्रम सोहि मन्दिरमा गर्न प्रदेश सरकार तयारीमा लागेको हो । ‘रत्न मन्दिर प्रयोग गर्न क्याबिनेटबाट निर्णय भएर आउनुपर्छ, मौखिक सहमति चाहिँ भइसकेको छ’, मन्त्री लम्सालले भने, ‘मन्दिर सञ्चालनका लागि अहिले खाका तयार गर्दैछाैं, यसलाई संघीय सरकारको मन्त्रीपरिषद्‍ले स्वीकृत गरेपछि रत्न मन्दिर खुलाउन सकिन्छ।’

    मन्दिर सञ्चालनको जिम्मा महानगर अथवा प्रदेश सरकारमध्ये एकले लिने उनले जानकारी दिए। रत्न मन्दिरको व्यवस्थापन र संरक्षण जिम्मा भने नेपाल ट्रस्टले नै लिने छ। प्रदेश सरकारले देशका पर्यटनमन्त्री विकास लम्सालको संयोजकत्वमा भ्रमण बर्षका लागि ५६ सदस्यीय समिति गठन गरेको छ। यो समितिले भ्रमण बर्षलाई सफल पार्न काम अघि बढाएको जनाएको छ।

    नेपाल सरकारले आयोजना गर्न लागेको भ्रमण वर्ष २०२० लाई सफल पार्नु समितिको मुख्य उद्देश्य रहेको भिजिट नेपाल २०२० का गण्डकी प्रदेश सह-संयोजक अग्नि कँडेलले जानकारी दिए। ‘पर्यटन उद्योगलाई विकास गर्न, नेपालमा बढी भन्दा बढी पर्यटक भित्र्याउन र विश्व बजारमा पर्यटकीय हिसाबले उत्कृष्ट गन्तव्यको बजारीकरण गर्ने प्रयासमा हामी पनि केन्द्र सरकारसँगै अघि बढेका छाै‌ं, सरकारको लक्ष्य सफल पार्न लाग्दैछाैं,’ उनले भने।

    भ्रमण वर्षको उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका एघारै जिल्लाको सहभागीता रहने प्रदेश सरकारले दाबी गरेको छ। ‘उद्‍घाटन कार्यक्रममा प्रदेशमातहत रहेका सबै जिल्लाका सांस्कृतिक झाँकी, त्यहाँको सांस्कृतिक गतिविधीहरु प्रस्तुत गरिनेछ। साथै एघारै जिल्लाका उत्कृष्ट पर्यटकीय गन्तव्यलाई भिजिट नेपाल २०२० को माध्यमबाट बाहिर ल्याउन कोशिश गरिनेछ।

    नेपाल भ्रमणको छेको पारेर गण्डकी सरकारले प्रदेशका एघारै जिल्लाको सांस्कृतिक प्रतिनिधित्व हुने साथै सबैलाई समेट्ने कार्यक्रमको सुरुवात गरेको छ। नयाँ पदमार्ग र होमस्टे प्रबर्द्धन, कालिगण्डकी किनारमा साइकल ट्रेल, अव्यवस्थित पदमार्ग व्यवस्थापन, ताल व्यवस्थापन, अन्तर्राष्ट्रियस्तरमा पर्यटन बजार प्रबर्द्धन, धौलागिरी हिमालको स्वर्ण महोत्सव र प्रदेशका एघारै जिल्लाको पर्यटकीय गन्तव्यलाई पहिचान गरिने प्रदेश सरकारले दाबी गरेको छ।

    पहिचान गरिएका क्षेत्रमा पूर्वाधार विकास गरी गण्डकी प्रदेशको पर्यटनलाई व्यवस्थित बनाउन कार्य गर्ने वार्षिक कार्ययोजना रहेको छ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...