News Portal

  • ४५ औँ दीक्षान्त समारोह आज हुँदै

    भक्तपुर, ३ पुस
    ६४४ पटक
    भक्तपुर, ३ पुस

    आज त्रिभुवन विश्वविद्यालयको ४५ औँ दीक्षान्त समारोह हुँदै छ। त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोह पुल्चोकको इन्जिनियरिङ क्याम्पस परिसरको खेल मैदानमा हुने जनाएको छ।

    यसअघि त्रिविले कीर्तिपुर र दशरथ रंगशालामा आयोजना गर्ने दीक्षान्त समारोह पछिल्लो केही वर्षदेखि पुल्चोक इन्जिनियरिङ क्याम्पस परिसरमै गर्दै आएको छ।

    यसपटक दीक्षान्त समारोहमा सहभागी हुन ७० हजार ७७ विद्यार्थी योग्य भए पनि १० हजार १ सय ८३ विद्यार्थीले मात्र फाराम भरेको परीक्षा नियन्त्रण बल्खुले जनाएको छ । परीक्षा नियन्त्रण बल्खुका अनुसार अनलाइनबाट फाराम भर्ने व्यवस्था गरेकाले गत वर्षबाट सहभागी हुनेहरूको संख्या बढेको छ ।

    बंगलादेशको ढाका विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर मोहम्मद अतिरुज्मानलाई त्रिविले दीक्षान्तमा विशेष अतिथिका रुपमा आमन्त्रण गरेको छ।

    प्रतिकृया दिनुहोस्

    उपप्रधान एवं गृहमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

    उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।आइतबार उनी डिस्चार्ज...

    भक्तपुरमा प्रतिपक्षीको भूमिका निर्वाह गर्न माओवादी केन्द्रका उपमहासचिव पुनको निर्देशन

    पूर्व मन्त्री समेत रहेका नेकपा(माओवादी केन्द्र) का उप महासचिव वर्षमान पुन अनन्तले भक्तपुरमा प्रतिपक्षीको भूमिका...

    सञ्चारकर्मी एवं साहित्यकार आशुतोषको अमेरिकामा ब्रेकफास्ट गरौंला सार्वजनिक (भिडियोसहित)

    भक्तपुरका सञ्चारकर्मी एवं सुपरिचित साहित्यकार रामगोपाल आशुतोषको शब्दमा उनिएको ‘अमेरिकामा ब्रेकफास्ट गरौंला’ बोलको गीतमा म्युजिक...

    सल्लाघारीमा मौलिक नेवारी स्वादको नेवा: ननी शुरु

    भक्तपुरमा मौलिक नेवारी खाजा र खानाको स्वाद पस्कने नेवाः ननी शुभारम्भ भएको छ । भक्तपुर...

    खड्काको नेतृत्वमा चाँगुनारायण २ मा वाइसिएलको २७ सदस्यीय समिति गठन

    सत्तारुढ दल नेकपा(माओवादी केन्द्र) को सहायक संगठन वाइसिएल नेपालले चाँगुनारायण नगरपालिकाको वडा नम्बर २ मा...