News Portal

  • चिसोले गर्दा नगरका सबै विद्यालय बिदा

    भक्तपुर, ७ पुस
    १०१४ पटक
    भक्तपुर, ७ पुस

    प्रदेश १ को दमक नगरपालिकाभित्रका सबै विद्यालय तिन दिनका लागि बन्द गरेका छन् । केहि दिन देखि बढेको चिसोले गर्दा विद्यालय बन्द गरिएको हो ।

    बाक्लो हुस्सुसँगै शीतलहरले दैनिक पठनपाठनमा असहज भएको हुँदा सोमबारदेखि बुधबारसम्मका लागि नगरका सबै विद्यालयमा बिदा दिईएको हो।

    नगरपालिकाका शिक्षा उपसचिव दिनेश न्यौपानेले अन्य बिदामा मिलान गर्ने गरी बिदा दिने निर्णय गरिएको सूचना प्रकाशन गरी जानकारी दिए । सोहि सुचनाले नगरका तिन दर्जनभन्दा बढी विद्यालय बन्द भएको छ ।

    यसअघि जिल्लाकै गौरीगञ्ज गाउँपालिकाले पनि जाडोका कारण दैनिक पठनपाठन सञ्चालन गर्न कष्टकर भएको भन्दै आगामी मंगलबारसम्मका लागि तीन दिन नै विद्यालय बिदा गर्ने सार्वजनिक गरिसकेको छ।

    यस्तै, सुनसरीको इनरुवा नगरपालिकाले पनि दुई दिनका लागि नगर क्षेत्रभित्र रहेका विद्यालयमा बिदा दिएको छ। नगरपालिकाले सूचना जारी गर्दै अत्यधिक चिसोका कारण नगर क्षेत्रका विद्यालयमा सोमबार र मंगलबार बिदा दिएको नगरपालिकाका प्रमुख राजन मेहताले जानकारी दिए।

    चिसोमा बालबालिकालाई आउनजान र पठनपाठन गर्नका लागि समस्या हुने भएकाले दुई दिनका लागि बिदा दिएको नगरपालिकाका प्रमुख मेहताले बताए। नगरपालिकाले दिने गरेको विद्यालय बिदाको विषयमा विभिन्न टिप्पणी भएपछि नगरपालिकाले स्थानीय सरोकारवालासँग छलफल र परामर्शपछि मात्र बिदा दिएको नगरपालिकाका प्रमुख मेहताले बताए।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...