News Portal

  • ११ चुनाबी चिह्नमा राजपाले पाए ढल्केको छाता

    भक्तपुर, ९ पुस
    ११३५ पटक
    भक्तपुर, ९ पुस

    राष्ट्रियसभाले राजनीतिक दलहरूलाई निर्वाचन आयोगले चुनाव चिह्न प्रदान गरेको छ । राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलहरूलाई चुनाव चिह्न उपलब्ध गराईएको हो ।

    आयोगले माघ ९ गते हुन लागेको निर्वाचनका लागि ११ दललाई चुनाव चिह्न दिएको हो ।आयोगका प्रवक्ता गिरिजा शर्माका अनुसार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई सूर्य, नेपाली कांग्रेसलाई रुख, समाजवादी पार्टीलाई पाँच औंलासहितको हत्केला, राष्ट्रिय जनता पार्टीलाई ढल्केको छाता, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई गाई, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)लाई हलो र राष्ट्रिय जनमोर्चालाई गिलास चिह्न प्रदान गरिएको छ ।

    यस्तै, नेपाल मजदुर किसान पार्टीले मादल, नेपाल संघीय समाजवादी पार्टीले बस, नेपाली जनता दलले गोरु गाडाको चक्का र इतिहासिक प्रजातान्त्रिक जनता पार्टीले ट्याक्टर चुनाव चिह्न पाएको छ ।

    आयोगले सातवटै प्रदेशमा निर्वाचन अधिकृत पनि तोकेको छ । प्रदेश १ मा मेदिनीप्रसाद पौडेल, प्रदेश २ मा राजकुमार खतिवडा, प्रदेश ३ मा महेन्द्रकुमार कार्की, गण्डकीमा कालीबहादुर राई, प्रदेश ५ मा रितेन्द्र थापा, कर्णालीमा राजेन्द्रकुमार कर्माचार्य र सुदुरपश्चिममा विदूर काफ्लेलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको हो ।

    सात वटै प्रदेशमा जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोकेको आयोगले न्यायिक प्रतिष्ठानमा कार्यरत कैलासप्रसाद सुवेदी र दिवाकर भट्टलाई जगेडा अधिकृतमा राखेको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...