News Portal

  • रहेनन् भक्तपुर निवासी पूर्वसचिव श्रेष्ठ

    भक्तपुर, १० पुस
    ९७२ पटक
    भक्तपुर, १० पुस

    नेपाल सरकारका पूर्वसचिव शान्तबहादुर श्रेष्ठको निधन भएको छ । श्रेष्ठको बिहीबार बिहान त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो ।

    निमोनिया भएपछि उनलाई उपचारका लागि बुधबार अस्पताल लगिएको थियो । उपचारका क्रममा बिहीबार उनको निधन भएको पारिवारिक श्रोतले बतायो ।

    पाल्पाको रामकोटमा जन्मिएका पूर्वसचिव श्रेष्ठ भक्तपुरको सूर्यविनायक ३ मा बस्दै आएका थिए । विस ०४९ सालमा शाखा अधिकृतबाट निजामती सेवा प्रवेश गरेका श्रेष्ठले शिक्षा, अर्थ लगायत विभिन्न मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालेका थिए । पैसठ्ठी वर्षको उमेरमा उनको निधन भएको हो ।

    सचिवबाट रिटायर्ड भएपछि उनी बिभिन्न सामाजिक अभियानमा जोडिएर अभियन्ताको रुपमा क्रियाशील रहेका थिए ।

    प्रतिकृया दिनुहोस्

    सहकारी ठगि प्रकरणको छानबिन गर्न सांसद थापा संयोजक रहेको संसदीय समिति गठन

    काठमाडौँ । प्रतिनिधिसभाले सहकारी ठगि प्रकरणको छानबिन गर्न संसदीय समिति गठन गरेको छ ।  समितिको...

    यस्ता छन् बजेटका पाँच उद्देश्य र प्राथमिकता(पूर्णपाठ सहित)

    बजेटको नयाँ ब्यागका साथमा अर्थमन्त्री वर्षमान पुन । तस्बिरः केशब गुरुङ अर्थमन्त्री वर्षमान पुनले कूल...

    बजेटको बक्तब्यमै भक्तपुरको शान, पुनको बजेटले बढायो ढकालको सम्मान

    सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट बक्तब्यमा भक्तपुर जिल्लाका केही आयोजनालाई प्राथमिकता...

    ४ सवारी साधन ठोक्किदा गयो २ जनाको ज्यान

    नारायणगढ-मुग्लिन सडक खण्डमा आइतबार राति भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ...

    चाँगुनारायणका उपप्रमुखको तलब र भत्ता, स्कूले विद्यार्थीलाई पोशाक र जुत्ता

    भक्तपुरको चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आफूले पाउने तलब भत्ताको रकम विद्यालय पढ्ने बाबुनानीहरुको लागि...