News Portal

  • सकेन नेकपाले सभामुख टुंगो लगाउन

    भक्तपुर, ११ पुस
    ८७६ पटक
    भक्तपुर, ११ पुस

    सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले सभामुखको उम्मेदवारमा सहमति जुटाउन नसक्दा प्रतिनिधिसभाको निर्धारित बैठक नै प्रभावित भएको छ । शुक्रबार १ बजेका लागि कार्यसूचीसमेत तय भइसकेको बैठक कम्तीमा चार दिन धकेलिने भएको छ । उपसभामुख डा शिवमाया तुम्बाहम्फेले सूचना टाँसेर बैठक पुस १४ वा १६ गतेका लागि राख्ने तयारी भइरहेको संसद सचिवालय स्रोतले जनाएको छ । आजको बैठकको कार्यसूचीमा सभामुख निर्वाचन प्रक्रिया अघि बढाउने पनि थियो ।

    सत्तारूढ नेकपामा सभामुख कसलाई बनाउने भन्नेबारे छलफल हुन नसक्दा बैठक प्रभावित भएको हो । नेकपा अध्यक्ष प्रचण्ड बिहीवारै चितवनबाट आउने र सभामुखको टुंगो लगाउने भनिएको थियो । तर प्रचण्डले बिहीबार काठमाडौं फर्किने कार्यक्रम रद्द गरेपछि पार्टीमा छलफल हुन पाएन । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच सभामुखका बारेमा छलफल हुने नेकपा स्रोतले जनाएको छ । दुई अध्यक्षबीच सभामुख कसलाई बनाउने भन्नेमा मतैक्य हुन सकेको छैन । प्रचण्डले सभामुख पार्टी एकीकरणअघि नै माओवादीले पाएकाले अबको सभामुख पनि आफैंले प्रस्ताव गर्ने अडान राखेका छन् ।

    प्रधानमन्त्री ओली भने सभामुख सुवास नेम्वाङलाई बनाउन चाहन्छन् । अब संसद् झनै पेचिलो बन्ने भएकाले आफूले भर गर्ने र संसदको नेता बन्न सक्ने व्यक्तिलाई सभामुख बनाउने प्रधानमन्त्रीको चाहना रहेको उनी निकट एक नेताले बताए । यद्यपि, दुई नेताबीच व्यक्तिका विषयमा छलफल भएको छैन । अध्यक्ष प्रचण्डलाई सभामुख नछाड्न पूर्वमाओवादीका केही नेताहरूको दबाव छ । प्रचण्डले अग्नि सापकोटालाई सभामुख बनाउन खोजेको बताइन्छ । सभामुखको दाबेदारमा उपसभामुख तुम्बाहाम्फे, नेकपाका प्रमुख सचेतक देव गुरुङ र सांसद् पम्फा भुसाल पनि छन् ।

    दुई अध्यक्षबीच सहमतिपछि सचिवालय बैठकले सभामुखको उम्मेदवार तय गर्ने नेकपा स्रोतले जनाएको छ । नेताहरूलाई दुई अध्यक्षलाई सहमति गरेर एउटै नाम बैठकमा पेस गर्न सुझाव दिएका छन् । पार्टीले स्पष्ट निर्देशन नदिएपछि उपसभामुख तुम्बाहाम्फेको राजीनामा पनि सरेको छ । सभामुखमा आजै टुंगो लागेर निर्वाचन प्रक्रिया अघि बढ्ने भएमा उनले राजीनामा दिने तयारी थियो । पार्टीले टुंगो लगाएर दुवै अध्यक्षबाट निर्देशन आएपछिमात्र उनले राजीनामा दिने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...