News Portal

  • बिज्ञापनमा पनि घुस माग्ने कर्मचारी अख्तियारको फन्दामा

    भक्तपुर, ११ पुस
    ८६५ पटक
    भक्तपुर, ११ पुस

    नगरपालिकाले विभिन्न पत्रपत्रिकामा बिज्ञापन प्रकाशित गर्दा पनि कर्मचारीले कमिसन माग्ने गरेको सुन्दा तपाई अचम्म मान्न सक्नुहुन्छ । तर अचम्म नमन्नुस ललितपुरको महालक्ष्मी नगरपालिकाका कर्मचारीले बिज्ञापन बापतको कमिसनमा बार्गेनिंग गर्दा अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकम सहित नगरपालिकाका दुइ कर्मचारीलाई पक्राउ गरेको छ।

    लेखा अधिकृत शिवकुमार घिमिरे र लेखापाल कुवेर के.सी.ले सूचना र बिज्ञापन गरेकोमा दिएको भुक्तानी रकम बापत सेवाग्राहीसँग घुस माग गरेकोे भन्ने सूचनाको आधारमा आयोगको टंगालबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

    घिमिरे र के.सी.ले ३० हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा आयोगले कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको बताइएको छ ।

    नियन्त्रणमा लिइएको दुबै जना उपर थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    प्रेस सेन्टर काभ्रेमा नयाँ नेतृत्व

    काभ्रे । प्रेस सेन्टर नेपालको काभ्रेपलाञ्चोक जिल्ला शाखामा नयाँ नेतृत्व चयन भएको छ । बनेपामा...

    स्पीच कम्पिटिसन आयोजना गर्दै लियो क्लब अफ काठमाडौं सौहार्द

    काठमाडौं, १ माघ,  २०८१ । लियो क्लब अफ काठमाडौं सौहार्दले ‘आवाज मञ्च’ नामक स्पीच कम्पिटिसन...

    उपभोक्ता हित नहेर्ने भाट्भटेनी स्टोर्सलाई जरिवाना

    ललितपुर, । संयुक्त जिल्ला बजार अनुगमन समिति ललितपुरले चापागाउँदोबाटोस्थित भाटभटेनीलाई दस हजार जरिवाना गरेको छ।...

    अक्सफोर्ड प्राक्टिकल स्कूलको विन्टर क्याम्प सम्पन्न

    अक्सफोर्ड प्राक्टिकल स्कूलले निकै प्रतिक्षित विन्टर क्याम्प २०८१ पुस २६ र २७ गते बन जंगल...

    सानोठिमी क्याम्पस प्रमुखमा उप प्राध्यापक डा. माधवकुमार श्रेष्ठ नियुक्त

    सानोठिमी क्याम्पसका उप प्राध्यापक डा. माधवकुमार श्रेष्ठले क्याम्पस प्रमुखको जिम्मेवारी पाएका छन् । देशभर दुई...