News Portal

  • जिल्ला अस्पताल एम्बुलेन्सविहीन, बिरामीलाई समस्या

    भक्तपुर, ११ पुस
    ११९८ पटक
    भक्तपुर, ११ पुस

    जाजरकोट जिल्ला अस्पताल छ महिनादेखि एम्बुलेन्सविहीन भएको छ। दैनिक बिरामीको घुइँचो बढ्दो छ । अस्पतालमा एम्बुलेन्स नहुँदा जिल्लाबाहिर सिफारिस गर्नुपर्ने बिरामीहरुका लागि समस्या हुँदै आएको छ।

    रकम अभावका कारणले मर्मत गर्न नेपालगञ्ज पाठाईएको एम्बुलेन्स नबनेको बताइएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशीला बस्नेतले पटक–पटक प्रदेश सरकारलाई एम्बुलेन्सका लागि आग्रह गर्दा पनि काम नभएको बताउँछन्।

    त्यस्तै, दरबन्दीअनुसारका चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ। करारमा कार्यरत चिकित्सकको भरमा स्वास्थ्य सेवा सञ्चालन हुँदै आएको छ। जिल्ला अस्पतालमा एम्बुलेन्स नभए पनि स्थानीय सरकारले एम्बुलेन्स सेवा प्रभावकारी रुपमा चलाएका छन्।

    शिवालय गाउँपालिकाले आफ्नै एम्बुलेन्स सञ्चालनमा छ। कानुन निर्माण गरी एम्बुलेन्स सञ्चालन गरेको प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माले जानकारी दिए। शर्माका अनुसार गाउँपालिकाले आफ्नो क्षेत्रका गर्भवतीलाई निःशुल्क सेवा दिँदै आएको छ। त्यस्तै, ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, गरिबलाई ८० प्रतिशत छुटमा एम्बुलेन्स सेवा दिँदै आएको छ।

    प्रकृतिक प्रकोपमा परेका स्थानीयलाई समेत निःशुल्क सेवा दिँदै आएको प्रशासकीय अधिकृत शर्माले जानकारी दिए। अन्यलाई बिरामीलाई गाउँपालिकाभित्र ५०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ। यता नलगाड नगरपालिकाले पनि एम्बुलेन्स खरिद प्रक्रिया अघि बढाएको छ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...