News Portal

  • तीन विद्यालयलाई एकै दिन नयाँ भवन हस्तान्तरण

    भक्तपुर, ११ पुस
    १३९९ पटक
    भक्तपुर, ११ पुस

    काठमाडौं जिल्लामा भूकम्पले प्रभावित विद्यालयको पुनर्निर्माणले तिब्रता पाएको छ । बिहिवार एकै दिन भूकम्प प्रभावित तीन विद्यालयलाई नयाँ पुनर्निर्मित भवन हस्तान्तरण गरिएको हो ।

    बिहिवार एकैदिन दक्षिणकाली नगरपालिकाका तीन विद्यालयले नयाँ भवन पाएका हुन् । दक्षिणकाली नगरपालिका वार्ड नम्बर ९ को कालीदेवी आधारभूत विद्यालय, वार्ड नम्बर ८ को श्रीकृष्ण मावि र वार्डनम्बर ५ को डोल्लु आधारभूत विद्यालयलाई नयाँ भवन हस्तान्तरण गरिएको हो ।

    दक्षिणकाली नगरपालिकाका नगर प्रमुख मोहन बस्नेत, उप प्रमुख बसन्ती डंगोल तामाङले र जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)का इकाई प्रमुख अर्जुन रायमाझीले विद्यालयलाई नयाँ भवन हस्तान्तरण गरेका हुन् ।

    अस्थायी टहरामा पठन–पाठन गर्दै आएका विद्यालयहरुलाई नयाँ भवन हस्तान्तरण गर्दै नगर प्रमुख मोहन बस्नेतले अब नयाँ भवनमा गुणस्तरीय शिक्षा दिन शिक्षकहरुसँग आग्रह गरे । नगरभित्रका कुल २० विद्यालय मध्ये १३ विद्यालयहरुले नयाँ पक्की भवन पाइसकेको भन्दै उनले अब नयाँ भवनको संरक्षण र त्यसमा विद्यार्थी भराउने जिम्मा नगरपालिकाले लिने प्रतिबद्धता जनाए ।

    सामुदायिक विद्यालयहरु नै भौतिकरुपले सुविधा सम्पन्न भइसकेको अवस्थामा अब छोराछोरी गाडीमा चढाएर अन्तै पढ्न नपठाउन अभिभावकसँग आग्रह गर्दै नगर प्रमुख बस्नेतले गुणस्तरीय शिक्षाको जिम्मेवारी नगरले् लिने स्पष्ट पारे ।

    सामुदायिक विद्यालयहरुमा सुविधासम्पन्न भवन, शिक्षक दरबन्दी, शिक्षकहरुसँग विभिन्न तालीम रहेको र अबको आवश्यकता गुणस्तरीय शिक्षाको मात्रै रहेको उनको भनाइ थियो । जाडो विदामा नगरले सबै शिक्षकहरुलाई तीन दिने गुणस्तरीय सिकाइ तालीम दिने उनले स्पष्ट पारे ।

    नगरका उपप्रमुख बसन्ती डंगोल तामाङले टहरामा पठन–पाठन गर्दै आएका विद्यालयहरुले अब राम्रो भवन पाएपछि त्यसमा भवन जस्तै सुन्दर शिक्षण सिकाइ गर्न आग्रह गरिन् । अब निजी विद्यालयमा छोराछोरी नपठाउन आग्रह गर्दै उनले अभिभावकहरुसँग सामुदायिक विद्यालयको मार्केटिङ गर्न सुझाब दिइन् ।

    जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)काठमाडौंका इकाई प्रमुख अर्जुन रायमाझीले काठमाडौंमा भूकम्प प्रभावित विद्यालयहरुको पुनर्निर्माणले तिब्रता पाएको बताए । अब कोही पनि बालबालिका अस्थायी टहरामा पढ्न नपर्ने भन्दै रायमाझीले काठमाडौंमा केही समयमै विद्यालय पुनर्निर्माणले पूर्णता पाउने स्पष्ट पारे ।

    नयाँ भवनमा विद्यार्थी भर्ने र गुणस्तरीय शिक्षा दिने काम विद्यालयको भएको भन्दै उनले यदि गुणस्तरीय शिक्षा दिन सक्दिन जस्ततो लागे पेशा परिवर्तन गर्न शिक्षकहरुसँग आग्रह गरे । ‘अब भवन छैन भनेर बहाना बनाउने छुट छैन’–रायमाझीले भने–‘नयाँ भवन पाएपछि पुरानै शैलीको शिक्षण सिकाइले हुँदैन ।’

    वडानम्बर ८ का वडाध्यक्ष अम्रिका बलामीले शिक्षाले नै गाउँको भविष्य निर्माण गर्ने भन्दै सामुदायिक विद्यालयको सिकाइ सुधारका लागि समुदायको सहयोग, सद्भाव र सहकार्य औंल्याए ।

    जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)काठमाडौंका अनुसार तीन दिनमा नौ विद्यालयलाई नयाँ भवन हस्तान्तरण गरिने छ । विहिवार तीन विद्यालयलाई नयाँ भवन हस्तान्तरण गरेको इकाईले शुक्रवार धर्म विद्याश्रम आधारभूत विद्यालय तारकेश्वर, आत्म विकास आधारभूत विद्यालय बुढानिलकण्ठ र बुढानिलकण्ठ माविलाई नयाँ भवन हस्तान्तरण गरिने जनाएको छ ।

    इकाई प्रमुख अर्जुन रायमाझीका अनुसार शनिवार कंकाली मावि चन्द्रागिरी, कुञ्चिप्वाकल मावि तारकेश्वर र सीतापाइला मावि नागार्जुनलाई नयाँ भवन हस्तान्तरण गरिने छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...