News Portal

  • शिक्षकको लठ्ठीबाट नौ जना विद्यार्थी घाईते

    भक्तपुर, १६ पुस
    ९५१ पटक
    भक्तपुर, १६ पुस

    बैतडीको सुर्नया गाउँपालिका –३, को विशेश्वर आधारभूत विद्यालयमा शिक्षकले लठ्ठीले कुट्दा नौ जना विद्यार्थी घाईते भएका छन् ।

    विद्यार्थीले उल्टो बाह्रखरी पढ्न नजानेको भन्दै तीन जना शिक्षकले नीलडाम हुनेगरि कुटेका हुन् । शिक्षक दीपक भट्ट, प्रताप लोहार र घुम्रा भट्टले कुटपिट गरेको भन्दै नौ जना विद्यार्थी जिल्ला सदरमुकम पुगेका छन् ।

    शिक्षकले पाईप र लठ्ठीले कुट्दा घाईते र नीलडाम हुनेमा भागरथि बिष्ट कक्षा ७, माया बिष्ट कक्षा ६, सबिता बिष्ट कक्षा ६, शोभा बिष्ट कक्षा ७, दीपक बिष्ट कक्षा ५, निर्मला बिष्ट कक्षा ५, दिनेश बिष्ट कक्षा ५, पुष्पा बिष्ट कक्षा ५, र गणेश बिष्ट कक्षा ५ रहेका छन् ।

    ‘क’ ‘ख’ को बाह्रखरी उल्टोबाट पढ्न नसक्दा शिक्षकले कुटेको नीलडाम देखाउँदै कक्षा ७ की छात्रा शोभा बिष्टले आफूलाई तीन जना शिक्षकले पाईप र लठ्ठीले कुटेको बताए ।

    बिष्टले भने, ‘दायाँतिरबाट प्रताप हेडसरले, बाँयाबाट दीपक सरले र पछाडिबाट घुम्रा मेडमले पाईपले लगातार कुटे । विद्यार्थी चिच्याउँदा पनि छोडेनन् । रुने भए थप पिट्छौं भने । हामी नौ जना विद्यार्थी मुख बन्द गरेर रोईरह्यो तर, सरहरुले पिट्न छोडेनन् ।

    ‘आईतवार दिनभरि विद्यालयमा पठनपाठन भयो । स्कुलको पढाई सकिएपछि सरहरुले थप कक्षा दिनेभन्दै कक्षा ५ देखि कक्षा ७ सम्मका विद्यार्थीलाई एउटै कक्षामा राखेर पढाउन थाले’, शिक्षकले पिटेको नीलडाम देखाउँदै अर्का विद्यार्थी भागरथि बिष्टले भने, ‘दिपक भट्ट सरले विद्यार्थीहरुलाई उल्टो बाह्रखरी पढ्न भने । उल्टोबाट बाह्रखरी पढ्दा हामी अलमलियौं । उल्टोबाट बाह्रखरी पढ्न नसक्दा सरहरुले पाईप र लठ्ठीले कुटे ।’

    शिक्षकले कुटपिट गरेपछि विद्यार्थी बेलुकी रुदै घर आएपछि सोमबार विहान विद्यालयमा गएर शिक्षहरुसित कुरा गर्दा उल्टो बाह्रखरी पढ्न नजानेकोले कुटपिट गरेको शिक्षकले जानकारी दिएको अभिभावक दानसिंह बिष्टले बताए ।

    बिष्टले भने, ‘अबोध बालबालिकामाथि निर्मम तरिकाले कुटपिट हुँदा पनि शिक्षहरुले आत्मग्लानी महशुस गरेनन् । त्यसैले कुटपिट गर्ने शिक्षकमाथि कारबाहीको माग गर्दै जिल्ला प्रशासन र प्रहरी गुहार्न घाईते विद्यार्थीलाई लिएर सदरमुकाम आएका हौ ।’ विद्यार्थीमाथि कुटपिट भएको विषयमा विशेश्वर आधारभूत विद्यालयका प्रधानाध्यापक प्रताप लोहारले विद्यार्थीमाथि कुटपिट हुँदा आफू कक्षा बाहिर रहेको र विद्यार्थी रोएको सुन्दा कक्षाकोठामा जाँदा दीपक सर र घुम्रा मेडम कुट्दै गरेको देखेको बताए ।

    प्रधानाध्यापम लोहारले भने , ‘मैले विद्यार्थीलाई काखमा लिएको हुँ । ठूलै चोट त होईन । अलिकति निलडाम भएको छ । तर, मेरो नाममा पनि मुद्दा हाल्न विद्यार्थी सदरमुकाम गएको सुनेको छु ।’ घटनाका विषयमा बालबालिकाको उपचार र घाउ जाँच गर्न जिल्ला अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए ।

    प्रनाउ पाण्डेयले भने, ‘कुनै पनि बहानामा विद्यार्थी र बालबालिकालाई कुट्न पाईँदैन । विद्यार्थी कुटिएको घटना बारे थाहा पाउने बित्तिकै प्रहरीको टोली विद्यालयमै पगेर बुझ्ने काम गरेका छौं । सदरमुकाम पगेका विद्यार्थीको घाउजाँच गर्दा डाक्टरको रिपोर्टमा रातो निलो डाम भएको कुरा आएको छ । अभिभावको जाहेरी अनुसार घटना बारे थप अनुसनधान गर्ने तयारी भईरहेको छ ।’

    प्रतिकृया दिनुहोस्

    हेर्नुस् सरकारलाई विपक्षी दलले तत्काल गर्न भनेका १३ काम

    सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यू, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबार, काठमाडौँ नेपाल । विषयः...

    विपक्षी दलहरूले प्रधानमन्त्रीलाई बुझाए यस्तो ज्ञापनपत्र

    विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन्। नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एंव प्रमुख प्रतिपक्षी...

    भक्तपुर प्रहरीमा नेतृत्व परिवर्तनसंगै लागू औषधमा नजर, फार्मेसी संचालक पक्राउ

    bhaktapur police

    जिल्ला प्रहरी परिसर भक्तपुरको नेतृत्व परिवर्तनसंगै लागू औषध विरुद्ध प्रहरी आक्रामक भएको छ । नेतृत्व...

    साफमा माल्दिभ्सविरुद्ध नेपालको अहिलेसम्मकै फराकिलो जित

    फूटबलमा नेपालले माल्दिभ्सविरुद्ध गोलको वर्षा गरी जित हासिल गरेको छ । साफ महिला च्याम्पियन २०२४...

    दुई झगडिया नेताले अघि बढाए मित्रताको हात

    टम र जेरी भन्ने भन्ने बित्तिकै हाम्रो सामुन्ने दुई झगडालुको दृश्य आउने गर्छ । नेपाली...