News Portal

  • बामदेवद्वारा राष्ट्रियसभा उम्मेद्वार अस्वीकार

    भक्तपुर, १८ पुस
    ९२७ पटक
    भक्तपुर, १८ पुस

    प्रधानमन्त्री बन्नका लागि मार्ग प्रशस्त गर्ने गरी संविधान संशोधन गर्न प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार नदेखिपछि नेकपा सचिवालय सदस्य बामदेव गौतमले राष्ट्रियसभा उम्मेद्वारको प्रस्ताव अस्वीकार गरेका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभाको निर्वाचनमा गौतमलाई उम्मेदवार बन्न प्रस्ताव गर्दा उनले अस्वीकार गरेको नेकपा स्रोतले जानकारी दिएको छ ।

    ‘अध्यक्षद्वयले वामदेव कमरेडलाई उम्मेदवार बन्नुस् भनेर प्रस्ताव गरे । तर उनले शर्त राखे– संविधान संशोधन गरेर प्रधानमन्त्री बनाउने भए मात्रै जान्छु, नत्र जाँदिन,’ सचिवालयका ती नेताले भने, ‘त्यसपछि अध्यक्ष ओलीले यो सम्भव छैन भन्ने जवाफ दिए ।’ नेता गौतमको प्रस्तावमा अध्यक्ष दाहालले पनि पहिला नै शर्त राखेर जानु उपयुक्त नहुने जवाफ दिएको नेकपाका एक नेता बताउँछन् । ‘पहिला नै यसरी शर्त राखेर जानु ठिक हैन। त्यहाँ गएर सल्लाह गरौंला, प्रयत्न गरौंला । अहिले नै किन शर्त राख्नु हुन्छ ?’ दाहालले गौतमलाई भनेका थिए ।

    प्रचण्ड बोलेपछि गौतमले अर्को शर्त राखेको स्रोतले बताएको छ । ‘राष्ट्रियसभामा जान्न । बरु प्रधानमन्त्री बनाउने ग्यारेन्टी नगरेर पनि जाने भए प्रतिनिधिसभामा लैजानुस्, चुनाव लडाएर,’ नेता गौतमको भनाई उद्धृत गर्दै ती नेताले भने । तर, गौतमको त्यो शर्तमा अध्यक्षद्वयले कुनै प्रतिक्रिया नजनाएको स्रोतले जानकारी दिएको छ ।

    नेता गौतमलाई राष्ट्रियसभामा लैजान अध्यक्षद्वय ओली र प्रचण्डले पहिला पनि प्रयत्न गरेका थिए । त्यतिबेला पनि गौतमले यहि शर्त राखेका थिए । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले गौतमलाई यसअघि कास्की–२ को उपनिर्वाचनमा चुनाव लड्न प्रस्ताव गरेका थिए । तर, त्यहाँबाट पनि अन्तरघातको खतरा छ भन्दै गौतमले चुनाव नलड्ने निर्णय गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...