पार्टी एकतापछि पहिलो पटक हुने भनिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकको पहिलो गाँसमै ढुंगा लाग्ने भएको छ । सत्तारुढ दल नेकपाको पहिलोपटक बस्न लागेको केन्द्रीय कमिटी बैठक स्थगित हुने बताइएको छ ।
सभामुख चयन लगायतका महत्वपूर्ण काममा अल्झनुपरेका कारण आवश्यक तयारी पुरा नभएपछी निर्धारित समयमा केन्द्रीय कमिटीको बैठक हुन नसक्ने नेकपा श्रोतले जनाएको छ ।” केहि दिनमै स्थगनको सूचना आउछ ।” श्रोतले भन्यो ।
यस अघि अध्यक्ष प्रचण्डको अध्यक्षतामा सम्पन्न स्थायी कमिटी बैठकले यही पुस २३ गते पहिलो केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको थियो ।