News Portal

  • राष्ट्रियसभाका १८ पदमा ४५ जनाको उम्मेदवारी,कहाँ कसको प्रतिस्पर्धा ?

    भक्तपुरपोष्ट संवाददाता२० पुस
    ७०० पटक
    २० पुस

    काठमाडौं । माघ ९ गते हुने राष्ट्रियसभाका १८ सदस्यको निर्वाचनका लागि ४५ जनाले उम्मेदवारी दिएका छन् । सात प्रदेशमा तोकिएको निर्वाचन कार्यालयमा गई उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार राष्ट्रियसभा निर्वाचनमा ६ दलले उम्मेदवारी दिएका छन् । सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरु छन् ।

    माघ ९ गते प्रदेश–१ बाट ३, प्रदेश–२ बाट ४, प्रदेश–३ बाट २, गण्डकी प्रदेशबाट २, प्रदेश–५ बाट ३, कर्णाली प्रदेशबाट २ र सुदूरपश्चिम प्रदेशबाट २ सदस्य गरी १८ सदस्यका लागि निर्वाचन हुँदैछ।

    नेमकिपाले प्रदेश ३ मा र राजमोले गण्डकी र प्रदेश ५ मा उम्मेदवारी दिएको छ । प्रदेश २ मा नेकपा र राजपा तथा कांग्रेस र समाजवादी पार्टीबीच तालमेल भएको छ भने अन्य ठाउँमा सबै दल एक्लाएक्लै प्रतिस्पर्धामा छन् । सातवटा प्रदेशमा गरी महिला ७, दलित २, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समूहका २ र अन्य समूहका ७ गरी १८ पदका लागि निर्वाचन हुँदैछ ।

    त्यसमध्ये महिला समूहतर्फ १६, दलित समूहतर्फ.५, अपाङ्गता भएको व्यक्ति वा अल्पसंख्यक समूहतर्फ ५ र अन्य समूहतर्फ १९ गरी कुल ४५ जनाले मनोनयनपत्र दर्ता गराएका आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भक्तपुर पोष्टलाई बताए । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।

    प्रदेश–१

    दलित समूहबाट १, महिला समूहबाट १ र अन्य समूहबाट १ गरी ३ सदस्यका लागि निर्वाचन हुँदैछ।दलित समूहमा कांग्रेसका निरबहादुर विश्वकर्मा, नेकपाका गोपी बहादुर सार्की आछामी र समाजवादी पार्टीका ज्ञान कुमार परियारले उम्मेदवारी दर्ता गरेका छन्।महिला समूहमा कांग्रेसका मिना पुलामी मगर, नेकपाका इन्दिरा देवी गौतम, र समाजवादी पार्टीका कमला वडहीबीच प्रतिस्पर्धा हुनेछ।अन्य समूहमा कांग्रेसका राजेन्द्र घिमिरे, नेकपाका देवेन्द्र दाहाल र समाजवादी पार्टीका भरतराज दाहालले उम्मेदवारी दर्ता गरेको निर्वाचन आयोगले जनाएको छ।

    प्रदेश–२

    महिला समूहबाट १, अल्पसंख्यक समूहबाट १, दलित १ र अल्पसंख्यक १ गरी ४ सदस्यका लागि निर्वाचन हुँदैछ।महिला समूहतर्फ नेकपाका तुलसा कुमारी दाहाल र कांग्रेसका नगिना यादवबीच प्रतिस्पर्धा हुनेछ।दलित समूहतर्फ नेकपाका राधेश्याम पासवान र समाजवादी पार्टीका रामपृत पासवानबीच, अपाङ्गता भएको व्यक्ति वा अल्पसंख्यक समूहतर्फ राजपाका शेखरकुमार सिंह र कांग्रेसका भोला पञ्जियारबीच तथा अन्य समूहतर्फ राजपाका मृगेन्द्र कुमार सिंह यादव र समाजवादी पार्टीका अनिरुद्धकुमार सिंहबीच प्रतिपर्धा हुनेछ।

    प्रदेश–३

    महिला समूहबाट १ र अन्य समूहबाट १ गरी २ सदस्यका लागि निर्वाचन हुँदैछ।महिला समूहतर्फ नेकपाकी गंगाकुमारी वेल्वासे, कांग्रेसकी छलीकुमारी शर्मा उपाध्याय र नेपाल मजदुर किसान पार्टीकी गीता काफ्लेबीच, अन्य समूहतर्फ नेकपाका वेदुराम भुसाल, कांग्रेसका हरिशरण श्रेष्ठ र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङ्गबीच प्रतिपर्धा हुने आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

    गण्डकी प्रदेश

    महिला समूहबाट १ र अन्य समूहबाट १ गरी २ सदस्यका लागि निर्वाचन हुँदैछ।महिला समूहतर्फ नेकपाकी भगवती न्यौपाने र कांग्रेसकी विमला गौचनबीच, अन्य समूहतफ नेकपा नारायणकाजी श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका शंकर प्रसाद बराल र कांग्रेसका सूर्यप्रसाद रेग्मीबीच प्रतिस्पर्धा हुने भएको छ।

    प्रदेश– ५

    महिला समूह १, अपांग तथा अल्पसंख्यक समूह १ र अन्य समूह १ गरी ३ सदस्यका लागि निर्वाचन हुँदैछ।महिला समूहमा नेकपाकी विमला घिमिरे, कांग्रेसकी गिरिजादेवी न्यौपानेबीच प्रतिस्पर्धा हुने भएको छ।अन्य समूहमा नेकपाका गोपाल भट्टराई, कांग्रेसका बालकृष्ण पाण्डे, समाजवादी पार्टीका कृष्णप्रसाद अहिर र राष्ट्रिय जनमोर्चाका शिवप्रसाद पौडेलबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ।आपांग तथा अल्पसंख्यक समूहमा नेकपाका जगप्रसाद शर्मा, कांग्रेसका मेराज अहमद् हलवाई र समाजवादी पार्टीका सुनिलकुमार सिंघलबीच भिडन्त हुने निश्चित भएको छ।

    कर्णाली प्रदेश

    अन्य समूहबाट १ र महिला समूहबाट १ गरी दुई सदस्यका लागि निर्वाचन हुँदैछ।महिला समूहतर्फ कांग्रेसका गणेशकुमारी बस्नेत र नेकपाका सुमित्रा बिसीबीच अन्य समूहतर्फ कांग्रेसका डिल्लीराम पाठक र नेकपाका मायाप्रसाद शर्माले उम्मेदवारी दर्ता गराएका छन्।

    सुदूरपश्चिम प्रदेश

    महिला समूहको १ र अन्य समूहको १ गरी दुई सदस्यका लागि निर्वाचन हुॅदैछ।महिला समूहतर्फ कांग्रेसका तुलसी देवकोटा र नेकपाका शारदा देवी भट्ट, अन्य समूहतर्फ नेकपाका तारामान स्वांर र कांग्रेसका प्रतापसिंह ठगुन्नाबीच प्रतिस्पर्धा हुने निश्चित भएको हो।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...