News Portal

  • किन पुगे प्रचण्ड सुटुक्क सिन्धुपाल्चोक ?

    भक्तपुर, २१ पुस
    १०३२ पटक
    भक्तपुर, २१ पुस

    प्रतिनिधिसभाका सभामुख छनोटमा नेकपामा रस्साकस्सी चलिरहेका बेला पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने सोमबार सुटुक्क सिन्धुपाल्चोक पुगेका छन् ।

    पार्टीका केही नेता, सीमित सचिवालयका सहयोगी लिएर पत्नी सीता दाहाल सहित उनी चौतारा साँगाचोकगढी नगरपालिका—९ कदमवासका एक कार्यकर्ता बलराम गिरीको घरमा बास बसेका छन् ।

    आराम र मुड फ्रेसका लागि भन्दै उनी सिन्धुपाल्चोक पुगेका उनका सहयोगीले भक्तपुरपोष्टलाई बताए ।
    पेचिलो राजनीतिक अवस्थाकाबीच प्रचण्ड शान्त वातावरण खोज्दै बारम्बार सिन्धुपाल्चोक आइरहन्छन्। उनी यसअघि सुकुटेस्थित विच रिसोर्टमा बस्थे। यस पटक भने प्रचण्ड कार्यकर्ताको घरमा बास बस्न पुगेका हुन्।

    शान्ति प्रक्रियापछिदेखि नै सुकुटेसँग अध्यक्ष प्रचण्डको साइनो गाँसिएको हो। यो पटक आरामकै लागि आएकाले नेता, कार्यकर्ता भेटघाट लगायत अन्य कुनै औपचारिक कार्यक्रम नरहेको जिल्ला पार्टी स्रोतले जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...