News Portal

  • हार्ने चुनावमा लडाउन खोजेको भन्दै राष्ट्रिय सभाको टिकट फिर्ता

    भक्तपुरपोष्ट संवाददाता२२ पुस
    ९६३ पटक
    २२ पुस

    सुर्खेत । हार्ने चुनावमा लडाउन खोजेको भन्दै राष्ट्रिय सभाका एक उम्मेदवारले टिकट फिर्ता गरेकी छन् ।

    सुर्खेतकी सावित्री पौडेलले निर्वाचनको टिकट फिर्ता गरेकी हुन् । ५० वर्षीया सावित्रीलाई कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा कर्णाली प्रदेशको महिलातर्फ टिकट दिने निर्णय गरेको थियो ।

    शनिबार साँझ उनले यो खबर सुन्ने बित्तिकै टिकट फिर्ता गर्ने निर्णय गरेकी हुन् । यसको पछाडि स्वास्थ्य समस्यालाई देखाए पनि भित्री कारण भने कांग्रेसको राजनीतिप्रतिको वितृष्णा भएको पाइएको छ ।

    राजनीतिमालागेर आफ्नो जीवनकोमहत्वपूर्ण पाटो गुमाएपनि अहिले हार्ने बेला टिकट भिराइए पछि टिकट फिर्ता गरेको उनले स्पष्ट पारेकी छन् ।

    कुनै समय सावित्री राजनीतिको नशामा यति गहिरोसँग डुबेकी थिइन् कि बिहेबारी गरेर घरजम गर्नसमेत बिर्सिइन् । उनको सक्रियता र क्षमताबाट सुर्खेती कांग्रेसका महिलामात्र होइन, पुरुष सहयात्रीसमेत झस्किन्थे । नेपाल विद्यार्थी संघ, महिला संघ र कांग्रेसको महत्वपूर्ण पदमा उनले राम्रै भूमिकासहित काम गरिन् । तर पछिल्लो एक दशक उनी किनारामा परिन् । चाकडी–चाप्लुसी र गुटगत आधारमा क्षमता भएकालाई माथि तान्ने र पुराना नेतालाई पछाडि धकेल्ने प्रवृत्ति उनलाई मन परेन ।

    जित्ने चुनावमा वास्तै गरिएन, हार्ने निश्चित भएको चुनावमा खबरै नगरी टिकट भिडाइयो ।’ अरुलाई अवसर दिन यस्तो निर्णय लिइएको उनले बताइन् ।

    सावित्रीले टिकट अस्वीकार गरेपछि कांग्रेसले उनको ठाउँमा सुर्खेतकै गणेशकुमारी बस्नेतलाई उम्मेदवार बनाएको छ । खुलातर्फ डिल्लीराम पाठकले मनोनयन दर्ता गरेका छन् । ५५ वर्षीय पाठक पनि अवसरबाट वञ्चित नेतामा पर्छन् । उनी भने पार्टीले ढिलै भए पनि आफूमाथि न्याय गरेको भन्दैखुसी छन् ।

    माघ ९ गते हुने निर्वाचनमा बस्नेतसँग नेकपाको तर्फबाट सुमित्रा बिसी र पाठकसँग मायाराम शर्माको प्रतिस्पर्धा हुनेछ । कर्णालीमा राष्ट्रियसभाका लागि प्रदेशसभाका ४० र स्थानीय तहका १५८ मतदाता छन् । तीमध्ये प्रदेशसभामा नेकपाका ३३, कांग्रेसका ६ र राप्रपाका १ तथा र स्थानीय तहमा नेकपाका १ सय १६, कांग्रेसका ४१ र राप्रपाका १ जना छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...