News Portal

  • जनकपुरमा पत्रकार र मेयरबीच कुटाकुट

    भक्तपुरपोष्ट संवाददाता२२ पुस
    ११०७ पटक
    २२ पुस

    जनकपुरधाम  । जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह र समाचार संकलनका लागि गएका पत्रकारबीच नै कुटाकुट भएको छ । मेयर साहले आफ्नो समय नै नलिएर आएका पत्रकारलाई कुनै प्रतिक्रिया नदिने भनेपछि दुई पक्षबीच विवाद उत्पन्न भएको थियो ।

    दुवै पक्षबीचको विवादले झडपको स्थिति सिर्जना भएपछि उपमहानगरपालिकाको प्रहरीले पत्रकारहरुलाई बाहिर निकालेको छ । तर, प्रतिक्रिया लिन गएका पत्रकारहरुले भने आफूहरुलाई कोठामा थुनेर कुटेको आरोप लगाएका छन् ।

    मेयर साहले आफ्नो कार्यकक्षको ढोका थुन्न लगाइ आफ्ना आसेपासे गुण्डा र नगर प्रहरी लगाएर आफूहरुमाथि कुटपिट गरेको नेजाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रले भक्तपुर पोस्टसंग भने ।

    पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र, पत्रकार अमरकान्त ठाकुर, शुभाष कर्ण, राजा झालगायत १२ जना पत्रकारहरुमाथि मंगलबार कुटिपट भएको हो।

    मेयर र उनका सहयोगीहरुले पत्रकारमाथि हेल्मेटले आक्रमण गरेका छन्। जानकी मन्दिर अगाडिको सडक विस्तारको क्रममा ८५ लाख रुपैयाँको चलखेलमा निजी घर बचाउन जानकी मन्दिरको फूलबारी अतिक्रमण गरी पर्खाल भत्काएको आरोपको विषयमा प्रतिक्रिया लिन पुगेको बेला पत्रकारहरुमाथि कुटपिट भएकाे हाे।

    मेयर साहले उनका सहयाेगी तथा नगर प्रहरी परिचालन गरी कुटपिट गरेका पीडित पत्रकारले बताएका छन्। कुटपिटबाट अमरकान्त ठाकुर, शुभाष कर्ण, सुमित मिश्र र राजा झा सामान्य घाइते भएका छन्।

    महासंघकाे गम्भीर ध्यानाकर्षण

    समाचार संकलनका क्रममा जनकपुर उप–महानगरपालिकाका मेयर लाल किशोर साहले पत्रकारमाथि गरेको कुटपिट तथा दुव्र्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । मंगलवार प्रेस बिज्ञप्ती जारी गर्दै महासंघले गम्भीर ध्यानाकर्षण भएको बताएको हो ।

    विश्व सम्पदा सूचिमा सूचिकरणका लागि सिफारिस गरिएको जानकी मन्दिरको जग्गा अतिक्रमण भएको विषयमा मंगलवार मेयर साहसंग प्रतिकृया लिन पुगेका नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रसहितको पत्रकारको टोलीमाथि अभद्र व्यवहार भएको थियो । अध्यक्ष मिश्र सहित उज्यालो अनलाईन डटकमका पत्रकार सुवास कर्ण, देश सञ्चार डटकमका पत्रकार राजा झालाई आफ्नो सहयोगी तथा नगरप्रहरी प्रयोग गरी कुटपिट गरिनुका साथै, कान्तिपुर टिभीका पत्रकार अमरकान्त ठाकुरलाई अपशब्द बोल्दै दुव्र्यवहार भएको थियो ।

    सूचना संकलनका लागि मेयरको कार्यकक्षमा पुगेका पत्रकारहरुमाथि भएको कुटपिट तथा दुव्र्यवहारको घटना प्रेस स्वतन्त्रताको ठाडो उल्लङ्न भएको नेपाल पत्रकार महासंघको ठहर छ । महासंघकामहासचिव रमेश विष्टद्वारा प्रेसित बिज्ञप्तीमा यस घटनाको भत्र्सना गर्दै, सत्यतथ्य छानविन गरी दोषीमाथि हदैसम्मको कारबाही गर्नुका साथै पत्रकारको पेशागत सुरक्षाको प्रत्याभूती गर्न सरकारसंग जोडदार माग समेत गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    उपप्रधान एवं गृहमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

    उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।आइतबार उनी डिस्चार्ज...

    भक्तपुरमा प्रतिपक्षीको भूमिका निर्वाह गर्न माओवादी केन्द्रका उपमहासचिव पुनको निर्देशन

    पूर्व मन्त्री समेत रहेका नेकपा(माओवादी केन्द्र) का उप महासचिव वर्षमान पुन अनन्तले भक्तपुरमा प्रतिपक्षीको भूमिका...

    सञ्चारकर्मी एवं साहित्यकार आशुतोषको अमेरिकामा ब्रेकफास्ट गरौंला सार्वजनिक (भिडियोसहित)

    भक्तपुरका सञ्चारकर्मी एवं सुपरिचित साहित्यकार रामगोपाल आशुतोषको शब्दमा उनिएको ‘अमेरिकामा ब्रेकफास्ट गरौंला’ बोलको गीतमा म्युजिक...

    सल्लाघारीमा मौलिक नेवारी स्वादको नेवा: ननी शुरु

    भक्तपुरमा मौलिक नेवारी खाजा र खानाको स्वाद पस्कने नेवाः ननी शुभारम्भ भएको छ । भक्तपुर...

    खड्काको नेतृत्वमा चाँगुनारायण २ मा वाइसिएलको २७ सदस्यीय समिति गठन

    सत्तारुढ दल नेकपा(माओवादी केन्द्र) को सहायक संगठन वाइसिएल नेपालले चाँगुनारायण नगरपालिकाको वडा नम्बर २ मा...