मकवानपुर । शुल्क वृद्धिको विरोधमा यहाँका विद्यार्थीहरु आन्दोलित भएका छन् । मकवानपुर बहुमुखी क्याम्पसको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले शुल्क वृद्धि गरेसँगै स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्वमा यहाँका विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिएका हुन् ।
शुल्क वृद्धि फिर्ताको माग गर्दै स्ववियुको नेतृत्वमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले संयुक्त रुपमा मंगलबारबाट रिले अनशन सुरु गरेका हुन्। क्याम्पसमा स्ववियु सभापति कुमार केसी, अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष एमबी बस्नेत र अनेरास्ववियु क्रान्तिकारी क्याम्पस कमिटीका अध्यक्ष रामकृष्ण शिवाकोटीले रिले अनशनको सुरुवात गरेका हुन्।