News Portal

  • बालवालिकाले नगर प्रमुखसँग भने– विद्यालय जाने बाटो बनाईदिनुस्

    भक्तपुरपोष्ट संवाददाता२३ पुस
    ११०६ पटक
    २३ पुस

    रोल्पा सदरमुकामस्थित बालकल्याण नमूना माध्यमिक विद्यालयमा गठित बाल क्लवका पदाधिकारीहरुले रोल्पा नगरपालिकाका नगर प्रमुख पूर्ण केसी समक्ष माग पत्र पेश गरेका छन् ।

    विद्यालय आवत–जावत गर्ने बाटो जोखिमयुक्त रहेकाले उक्त बाटो मर्मत सम्भार गरिदिनु पर्ने उनहरुको मुख्य माग रहेको छ । यसका साथै विद्यालय नजिकका क्षेत्रमा पालिएका बंगुरले प्रदुषण फैलाउदा विद्यार्थीको स्वास्थ्यमा नकरात्मक असर गरिरहेको, सडक बत्ती नहुँदा बिहानी कक्षाका लागि पठनपाठन गर्ने विद्यार्थी र शिक्षकलाई समस्या हुदै आएको जस्ता समस्या समेत सो माग पत्रमा समावेश गरिएको नमुना बालक्लवका अध्यक्ष पुष्पराज शर्माले जानकारी दिए ।

    विद्यार्थीहरुको माग पत्र बुझ्दै नगर प्रमुख केसीले मागप्रति आफु सकारात्मक रहेको बताएका थिए । विद्यालय रहेको वडा कार्यालय सँग समन्वय गरी विद्यार्थीको माग यसै आर्थिक वर्षमा पुरा गर्ने नगर प्रमुखले प्रतिबद्धता जनाएका थिए ।

    आफ्नो समस्या आफै लिएर आएकोमा विद्यार्थीलाई नगर प्रमुख केसीले धन्यवाद दिएका थिए । आफ्नो मुद्दा आफै पहिचान गरि संवन्धित निकायमा घचघच्याउन आउनु क्लवको प्रशंसनीय कार्य हो नगर प्रमुख केसीले भने । विद्यार्थीको पठन–पाठनलाई असहज बनाईरहेका यी समस्यालाई अविलम्व हल गर्ने तर्फ लाग्ने नगर प्रमुखको भनाई थियो ।

    बाल क्लवले पहिचान गरेका यी समस्या हल गर्ने विद्यालयमा आवश्यक श्रोतको अभाव रहेकाले स्थानीय सरकार समक्ष माग पत्र लिएर गएका हौं– बाल क्लवका सचिव संगीत विसीले भनिन् । बाल क्लव गठन गरे संगै आफुहरुकै अगुवाईमा विद्यालयलाई जंक फुड निषेधित क्षेत्र घोषणा गरेका छौं ।

    विद्यालय हाता नजिक चुरोट खैनी, मादक पदार्थ र जंक फुडको विक्री बितरण भईरहेकाले त्यसको निषेधका लागी उनीहरुलाई ध्यानाकर्षण गराई रहेको सचिव विसीको भनाई छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...