News Portal

  • कसैको सहयोगले पढ्न पाएका विद्यार्थी अन्यभन्दा उत्कृष्ट

    भक्तपुरपोष्ट संवाददाता२३ पुस
    ११३२ पटक
    २३ पुस

    तुलनात्मक रुपमा अन्य विद्यार्थीहरु भन्दा कसैको सहयोगमा(स्पोन्सरवाला) पढ्न पाएका विद्यार्थीहरुको पढाइ अब्बल पाइएको छ ।

    केहिदिन अगाडि सार्वजनिक भएको वार्षिक परीक्षाको परिणाम सार्वजनिक भएपछि विद्यार्थीको नतिजाले यो अवस्था देखाएको हो ।

    खार्पुनाथ गाउँपालिकाको वडा नम्बर ४ को मान्धारा माविमा कक्षा ५ अध्ययन गर्ने रामजंग शाही र कक्षा ७ मा अध्ययन गर्ने बसन्ती शाहीले यस पटकको वार्षिक परीक्षामा ३ दशमलव ८७ जिपिए ल्याएर विद्यालय टपेको विद्यालयका प्रधानाध्यापक दिल बहादुर शाहीले बताए।

    ती दुबै विद्यार्थीहरु स्पोन्सरवाला हुन् । पढाइ निकै अब्बल भएको र यी विद्यार्थीहरु बढी मिहेनेती पनि हुने गरेको प्रअ शाहीले बताए ।
    कक्षा छ देखि १० सम्म पढाइ हुने चंखेली गाउँपालिका वडा नम्बर २ को महादेव मावि दार्माको कक्षा नौ मा अध्ययन गर्ने छात्रा हिरादेवी शाहीले विगत चार वर्षदेखि शैक्षिक समग्री सहयोग पाउँदै आएकी छन् ।

    यस पालिकाको वार्षिक परीक्षामा उनी कक्षा कै प्रथम हुने छात्रा भएको विद्यालयका प्रधानाध्यापक तुलसीराम चौधरीले बताए । सो विद्यालयमा ३५ जना छात्रा छात्रहरुले शैक्षिक सामग्री सहयोग पाउँदै आएको र सबै कक्षामा प्रथम, द्धितीया तथा तृतीय हुने विद्यार्थीहरु पनि स्पोन्सरवालाबाट पर्ने गरेका छन् । उत्कृष्ट नतिजा मात्र होइन अन्य विद्यार्थीको तुलनामा स्पोन्सरबाट शैक्षिक सामग्री सहयोग पाउने सबै विद्यार्थीको पढाइ अब्बल भएको प्रअ चौधरीले बताए

    त्यसैगरी, सोही गाउँपालिका वडा नम्बर ३ को कक्षा पाँचसम्म पढाइ हुने बालज्योति प्राविमा पनि स्पोन्सरवाला तीन जना विद्यार्थीहरुले यस पटकको वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याएको विद्यालयका प्रधानाध्यापक बच्चुलाल चौधरीले बताए । कुल २०२ जना विद्यार्थीहरुले विद्यालयमा अध्ययन गरिरहेकामा दश जना विद्यार्थीले सो सहयोग पाउदै आएको र उनीहरु सबैको पढाइ राम्रो रहँदै आएको उनको भनाइ छ ।

    यता, खार्पुनाथ र सिमकोट गाउँपालिकाका अधिकाँश विद्यालयहरुमा स्पोन्सर प्राप्त विद्यार्थीको परीक्षाको नतिजा अब्बल देखिएको भिमसेन आधारभुत विद्यालयका प्रधानाध्यापक बाँच बहादुर रावतले बताए । विद्यार्थी अपांगता भएको भएपनि पढाइमा उत्कृष्ट नतिजा ल्याउनेमा पनि तिनै विद्यार्थी पर्ने गरेकोले शैक्षिक सामग्री सहयोग कार्यक्रमले पढाइप्रति जागरुक बनाएको उनको दाबी छ ।

    बरु अब यस्ता स्पोन्सरवाला विद्यार्थीहरु वर्षेनी रुपमा थपिनु पर्नेमा घट्दै गएकोमा चिन्ता ब्यक्त गर्दै उनले समान स्तरका विद्यार्थीहरुलाई स्पोन्सरको ब्यवस्था गर्न आयोजकसँग आग्रह गरे ।

    शैक्षिक सामग्री सहयोग कार्यक्रमले गरिब तथा जेहेनदार विद्यार्थीको आर्थिक व्यहभारमात्र कम गरेको छैन, पढाइ पनि गुणस्तरीय बनाउन सहयोग गरेको छ । उनले भने ।

    सामुदायिक विकास कार्यक्रम लागु भएका सिमकोट, खार्पुनाथ, सर्केगार्ड र चंखेली गाउँपालिकाका ६९ वटा आधारभुत तथा माध्यामिक विद्यालयका दुई हजार ५६१ जना छात्रा छात्रहरुले स्पोन्सरहरुबाट स्टेशनरी सहयोग प्राप्त गरी अध्ययन गरिरहेको गुड नेर्व इन्टरनेशनल नेपालका जिल्ला संयोजक वीरेन्द्र चौधरीले बताए ।

    त्यसमा १३ वटा मावि र ५६ वटा आधारभुत विद्यालयहरु परेको र स्पोन्सर पाउने विद्यार्थीहरुमा एक हजार ३९९ छात्रा र एक हजार २९३ छात्रहरुले शैक्षिक सामग्री सहयोग पाईरहेका उनको भनाइ छ ।

    ती विद्यार्थीहरुलाई वर्षभरी पुग्ने सबै खाले शैक्षिक सामग्रीका साथै विद्यालय पोशाक, जुत्ता, टोपी र झोला पनि वितरण गरिएको संयोजक चौधरीले बताए ।

    परियोजनाले पछिल्लो पटक निकालेको प्रतिवेदन अनुसार सत्तरी प्रतिशत विद्यार्थीहरुको परिक्षणका परिमाण राम्रो देखिएको छ । यो कार्यक्रमका लागि स्थानीय सहयोगी संस्थाको रुपमा किर्डाक नेपालले प्राबिधिक सहयोग गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...