News Portal

  • उमावि शिक्षकहरुलाई प्रतिस्पर्धाका लागि तयार रहन शिक्षामन्त्रीको आग्रह

    भक्तपुरपोष्ट संवाददाता२५ पुस
    १८२० पटक
    २५ पुस

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले साविक उच्च माध्यमिक शिक्षकहरुको समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् । शिक्षा ऐन निर्माणको चरणमा रहेकोले ऐनबाटै समस्या समाधान गर्न आफ्नो तर्फबाट पहल जारी राखेको उनले प्रष्ट पारेका हुन् ।

    माध्यमिक विद्यालय शिक्षक युनियन(हिस्टुन)को राष्ट्रिय एकता महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै मन्त्री पोखरेलले विगतमा भएका त्रुटिका कारण तत्कालीन उच्च माध्यमिक विद्यालय तहमा कार्यरत शिक्षकहरुको समस्या कायम रहेको बताए ।

    ‘विगतमा उच्च माध्यमिक शिक्षा परिषद् ऐन बन्दा नै केही त्रुटि भए’– मन्त्री पोखरेलले भने–’सम्वादबाटै त्रुटि सच्याउन सरकार प्रतिबद्ध छ ।’

    शुरुमै स्थायी प्रक्रियामा नलगी अनुदानमा लग्दा अहिले शिक्षकको सेवा, शर्त र सुविधामा जटिलता आएको भन्दै मन्त्री पोखरेलले समस्याको वस्तुनिष्ठ मूल्याङ्कन गर्दै सम्वाद र छलफलबाट समाधान तर्फ अघि बढिने स्पष्ट पारे ।

    अस्थायी शिक्षकहरुको समस्या आन्तरिक परीक्षा र सुविधाको मौका दिएर समाधान गरिएको र द्वन्द्वपीडित शिक्षकहरुको समस्या समाधानका लागि पनि अर्थ मन्त्रालयले सकारात्मक प्रतिक्रिया दिएको उल्लेख गर्दै मन्त्री पोखरेलले उमावि शिक्षकहरुको समस्या पनि चाँडै समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    सक्षम सुयोग्य सभ्य नागरिक निर्माण गर्नका लागि प्रतिस्पर्धाको लागि शिक्षक तयार हुनु पर्छ भन्दै मन्त्री पोखरेलले उमावि शिक्षकहरुसँग भने– ‘प्रतिस्पर्धाका लागि तयार रहनुस् ।’

    तत्कालिन उच्च माविका शिक्षकको मुद्धा, शिक्षकको मात्रै नभएर देशको माध्यमिक शिक्षा कुन ढंगले लैजाने भन्ने कुरा सँग पनि सम्बन्धित रहेको बताउँदै मन्त्री पोखरेलले विगतका कमीहरु कसरी सच्याउने भन्ने बारेमा सबै मिलेर प्रयत्न गर्न पनि आग्रह गरे । ऐन निर्माणको सन्दर्भमा शिक्षक महासंघसँग छलफल जारी रहेको बताउँदै उनले शिक्षकका छुट्टा छुट्टै संगठन भन्दा महासंघ मार्फत नै समस्याका बारेमा छलफल गर्दा उपयुक्त हुने सुझाब पनि दिए ।

     

    देश कस्तो छ भन्ने कुरा शिक्षाको स्तर कस्तो छ भन्नेबाट र शिक्षाको स्तर शिक्षकको स्तरबाट मात्रै थाहा हुने बताउँदै मन्त्री पोखरेलले गुणात्मक शिक्षाको प्रत्याभूत गर्ने गरी प्राचिन मुल्य र आधुनिक कुरा पक्रिन शिक्षकलाइ आग्रह गरे ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...