News Portal

  • टिपरले किचेर दिलिपको बिभत्स हत्या गरेको आरोपमा क्रसर मालिक पक्राउ

    जनकपुर, २६ पुस
    ११०६ पटक
    जनकपुर, २६ पुस

    खोला उत्खननको विरोध गर्ने धनुषाका २४ वर्षीय युवकलाई टिपरले किचेर हत्या गरिएको आरोपमा क्रसर मालिक पक्राउ परेका छन् । शनिवार विहानै क्रसर संचालक विपिन कुमार महतो पक्राउ परेका हुन् ।

    शुक्रवार बिहानै मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलिप महतोलाई ना. ७ ख. ६४१३ नम्बरको टिपरले किचेर हत्या गरेको भन्दै स्थानीय आन्दोलित छन् । उक्त क्षेत्रमा क्रसर संचालन गर्दै आएका चुरियामाई बालुवा प्रशोधन केन्द्रका संचालक विपिन कुमार महतोले नै नियोजितरुपमा हत्या गरेको स्थानीयको आरोप पछि प्रहरीले उनलाई पक्राउ गरेको पुष्टि गरेको छ ।जिल्ला प्रहरी कार्यालय धुनषाका एसपी रमेशकुमार बस्नेतले क्रसर उद्योगका सञ्चालक तथा ठेकेदार महतोलाई पक्राउ गरिएको पुष्टि गरे।‘विपिन महतोलाई जनकपुरबाट पक्राउ गरेका छौँ’, भक्तपुरपोष्टसँग कुरा गर्दै एसपी बस्नेतले भने, ‘अब अनुसन्धान अगाडि बढाउछौँ।’उनलाई मिल्स एरियास्थित ससुराली घरमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरिएको बताइएको छ ।

    अभियुक्तलाई पक्राउ गरेपनि मृतक दिलिपका परिवार र स्थानीय समेत प्रहरीप्रति सकारात्मक हुन सकेका छैनन् । बिना मुचुल्का शव उठाएर पोस्ट मार्टमका लागि लगिएपछि स्थानीय प्रहरी र वडाध्यक्षप्रति पनि स्थानीय आक्रोसित रहेका छन् । चुरियामाई बालुवा प्रशोधन केन्द्रका सञ्चालक विपिन महतो सहित स्थानीय प्रशासन र वडाध्यक्ष सहितको हत्यामा संलग्नता रहेको परिवारजनले आरोप लगाउँदै आएका छन् । जसकारण शवको पोस्ट मार्टम समेत हुन सकेको छैन ।

    को हुन् मृतक दिलिप

    मिथिला नगरपालिका ५ श्रीपुर निवासी २४ वर्षीय दिलिप पढेलेखेका सचेत युवा थिए । भारतस्थित एक कलेजमा मेकानिकल इञ्जिनियरिङ्ग अध्ययनरत उनी अन्तिम सेमेस्टरका विद्यार्थी थिए । परिवारको भरोसाको रुपमा उदाइरहेका दिलिप समाजमा व्याप्त अन्याय, अत्याचार र थिचोमिचोका विरुद्धसमेत बोल्न अघि सर्ने स्वभावका रहेका उनका आफन्तहरु बताउछन ।

    दिलिपको घर नजिकै रहेको खोलामा उत्खनन भइरहेको थियो। उनले पटकपटक त्यसको बिरोध गर्दै आइरहेका थिए । सचेत युवाको भूमिका निभाउदै खोला उत्खननको बिरोध गर्दै आइरहेका उनी रोडाबालुवा माफियाको निसानामा रहेका थिए । कलेज बिदामा घर आएका उनी क्रसर माफियाको आखाँको कसिंगर बनेका थिए । दिलिपकी बहिनीले भक्तपुरपोस्टलाई बताएअनुसार क्रसर माफियाले बीचमा आए ढालिदिने पटक पटक धम्की दिंदै आएपनि उनी पछि हटेका थिएनन । बरु उल्टै गाउलेलाई संगठित गर्दै खोला दोहनको विरुद्धमा आवाज उठाइरहेका थिए ।

    कसरी भयो घटना

    शुक्रवार मर्निङवाक गएका समयमा महतोको टिपरले किचेर ज्यान गएको प्रहरीको भनाइ छ । तर स्थानीय र दिलिपका परिवारजन यो मान्न तयार छैनन् । दिलिपकी बहिनी लक्ष्मीले बताए अनुसार साथी प्रकाश यादवले खोलामा अवैध उत्खनन भैरहेको खबर गरेपछि दिलिप बिहान चार बजे घरबाट खोला तर्फ गएका थिए .। उनी घरबाट निस्केको २० मिनेटमै उनको हत्या भएको खबर गाउमा फैलिएको थियो । टिपरले किचेर दिलिपको बिभत्स हत्या गरिएको स्थानीयको आरोप छ । स्थानीयले हत्यारालाई कारवाहीको माग गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...