News Portal

  • अनेरास्ववियू केन्द्रीय कमिटी सदस्यद्वारा सपथ ग्रहण

    भक्तपुरपोष्ट संवाददाता२७ पुस
    १८२४ पटक
    २७ पुस

    नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संस्था अनेरास्ववियूको केन्द्रीय कमिटीका सदस्यहरुले सपथ ग्रहण गरेका छन्।

    आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ३ सय ३५ जना केन्द्रीय कमिटीका सदस्यहरुलाई पार्टी महासचिव विष्णु पौडेलले सपथ खुवाएका हुन्। सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पौडेलले दुई पार्टीबीचको एकता र पछिल्लो समय प्राप्त उपलब्धीहरुमा विद्यार्थी नेताहरुको सबैभन्दा बढि भूमिका रहेको बताए।

    उनले भने, ‘हामीले जुन उपलब्धी प्राप्त गरेका छौं नेपालको कमुनिष्ट आन्दोलनले जुन उपलब्धी प्राप्त गरेको छ यो कुनै इश्वरको वरदान होइन्, हाम्रा सही नीतिहरुको प्रतिफल हो, सक्षम नेतृत्वको प्रतिफल हो। नीति र नेतृत्वलाई अनुसरण गर्दै अगाडि बढ्ने योद्धाहरुको प्रतिफल हो।’ त्यस्तै उनले पछिल्लो समय पार्टी भित्र विद्रोह र नेताहरुबीच अन्तरविरोध सिर्जना गरेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई कमजोर पार्ने शक्तिहरु लागिरहेको बताए। उनले पार्टी एकतालाई जोगाएर जान सबै एक हुनुको विकल्प नभएको समेत बताए।

    अनेरास्ववियूको एकतामा पार्टीको हस्तक्षेप नभएको प्रष्ट पाँदै उनले भने, ‘ पार्टी र अनेरास्ववियू एउटै होइन । अनेरास्ववियू मात्र पार्टीको मार्गनिर्देशमा अगाडि बढ्छ । यो स्वतन्त्र ढंगले अगाडि बढेको छ । बढ्नु पर्छ । एकताको काममा पार्टीले कुनै हस्तक्षेप गरेको होइन । सहजिकरणको मात्र काम गरेको हो ।’

    जायज विषयमा विद्यार्थी नेताहरुले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग पनि आँखा जुधाएर कुरा गर्न सक्ने बताए । यस्तै महासचिव पौडेलले अब एक भएर स्ववियु निर्वाचनमा लाग्न अनेरास्ववियूका नेताहरुलाई आग्रह गरे ।

    फरक प्रसंगमा महासचिव पौडेलले पार्टी एकतामा रिङगिविङ्गी आशंका हुने गरेको बताए । उनले भने, ‘ नेकपाका एकतामा रङ्गिविङ्गी आशंका गर्दैछन् । त्यो आशंकाबाट छिरेर कम्युनिस्ट एकतामा दुर्घटना ल्याउन सकिन्छ कि भन्ने भ्रम देखिन्छ ।’

    तत्कालीन अनेरास्ववियू क्रान्तिकारीका पूर्व अध्यक्ष एवम् नेकपाका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले अनेरास्ववियूको एकताले नेविसंघमा आपतकालीन बैठक बोलाउने अवस्था आएको बताए ।

    उनले भने, ‘अनेरास्ववियूका नेताहरु सपथ ग्रहण गरिएको तस्विर फेसबुकमा देखेर गगन थापाले पन्पुरोमा हात राखेर नेविसंघको चिन्ता लिने दिन आएको छ । आपत कालीन बैठक बोलाउने आवस्थामा आएको छ ।’

    अनेरास्ववियूले ४५ सदस्यीय स्थायी कमिटी पनि बनाएको छ। जसमा पूर्व एमाले निकट अनेरास्ववियुबाट २४ र पूर्व माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीबाट २१ जना रहेका छन्।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...