News Portal

  • प्रहरीद्वारा बौद्धमा गोली प्रहार

    भक्तपुरपोष्ट संवाददाता२७ पुस
    १३२८ पटक
    २७ पुस

    काठमाडौं । काठमाडौंको बौद्धमा गोली चलेको छ । प्रहरीले १७ महिने बालिकाको हत्यामा संलग्न विष्णु लामालाई गोली प्रहार गरेर नियन्त्रणमा लिएको हो ।

    महानगरीय प्रहरी वृत्त, बौद्धको टोलीसँग जम्काभेट भएपछि भाग्न खोज्दा लामामाथि गोली चलाइएको प्रहरीले जानकारी दिएको हो ।

    विशेष सूचनाको आधारमा जम्भुडाँडा गएको टोलीले लामालाई नियन्त्रणमा लिन खोज्दा भाग्न खोजेपछि उनीमाथि गोली प्रहार गरिएको हो । गोली लागेर घाइते भएका लामालाई उपचारका लागि वीर अस्पताल लगिएको छ । प्रहरीका अनुसार तामाङमाथि २०७५ साल भदौमा मेडिकल कलेजका विद्यार्थीलाई खुकुरी प्रहार गरेर घाइते बनाएको अभियोग छ ।

    त्यस्तै, ०७३ सालमा सिन्धुपाल्चोकमा भएको विवादका क्रममा एक महिनाले पिठ्यूँमा बोकेको १७ महिने बालिकाको हत्या गरेको अभियोग पनि लामामाथि छ ।यस्तै उनले गत वर्ष भदाैमा मेडिकल शिक्षाका एक विद्यार्थीमाथि खुकुरी प्रहार गरी घाइते बनाएकाे प्रहरीले जनाएकाे छ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...