News Portal

  • एमसीसी सम्झौता नेपालको हितमा छ – थापा

    भक्तपुरपोष्ट संवाददाता४ माघ २०७६
    ८४६ पटक
    ४ माघ २०७६

    मकवानपुर ।  राप्रपा अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान सहायता राष्ट्र हितमा रहेको बताएका छन् । अमेरिकाले नेपालकै आग्रहअनुसार एमसीसी परियोजनमार्फत पाँच वर्षभित्र नेपालमा करिब ६० अर्ब खर्च गर्ने गरी अन्तरदेशीय प्रसारणलाइन तथा सडक स्तरोन्नति तथा अन्य संरचना निर्माणको लागि आउन लागेको अनुदान रकम स्वीकार गर्नु नेपालको हितमा रहेको उनले बताए ।

    शनिबार पार्टीको भ्रातृ संगठन ट्रेड युनियन महासंघ नेपालको वागमती प्रदेशस्तरीय श्रमिक भेलामा थापाले एमसीसी र इण्डोप्यासिफिकलाई एउटै टेवलमा राखेर हेर्न नहुने बताए।

    सहयोग अन्तरदेशीय प्रसारणलाइन तथा सडक स्तरोन्नति तथा अन्य संरचना निर्माणको लागि आउन लागेको अनुदान रकम स्वीकार गर्नु नेपालको हितमा रहेको थापाले बताए। ‘एमसीसी सम्झौता सदनबाट पास भएपछि नेपालमा कुनै पनि किसिमको सैन्य गतिविधि हुँदैन। यो अपरिपक्व अभिव्यक्ति हो। यसलाई पनि अरुण तेस्रो जस्तो धरापमा पार्न खोजिएको छ। यो नेपाल र छिमेकी राष्ट्रको अहितमा छैन। यसलाई पास गरेर जानु नै नेपालको हितमा हुनेछ,’ थापाले भने।

    उनले सत्तारुढ नेकपाभित्रको आन्तरिक विवादको असर संघीय सदनमा देखिएको भन्दै सभामुख चयन प्रक्रिया तोकिएको समयमै अगाडि बढाउन जरुरी रहेको बताए।

    ‘पार्टीभित्र केही व्यक्तिको राय नमिलेको कारण सभामुख चयन प्रक्रिया पटकपटक अबरुद्ध भइरहेको छ। पार्टीको आन्तरिक विवादले सदन अबरद्ध हुनु भनेको प्रजातान्त्रिक मूल्य मान्यता विरुद्ध हो’, थापाले भने। उनले नेकपालाई सभामुख चयन प्रक्रिया अगाडि बढाएर सदन सूचारु गर्न आग्रह गरे।

    वर्तमान सरकार जनताको दैनिकीसँग जोडिएको समस्या समाधान गर्नुको साटो भ्यूटावर निर्माणतर्फ केन्द्रित भएको भन्दै उनले सरकारको आलोचना गरे । ‘शिक्षा, स्वास्थ्य र बाटोघाटोभन्दा पनि सबैतिर भ्यूटावर बनाउनेतर्फ अत्याधिक बहुमतको स्थायी सरकार केन्द्रीत भएको देख्दा अच्चम लाग्छ’ थापाले भने ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...