News Portal

  • प्रदेश १ मा चार राज्यमन्त्री थपिँदै

    भक्तपुरपोष्ट संवाददाता५ माघ २०७६
    ७४१ पटक
    ५ माघ २०७६

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । उनले दुई मन्त्रालयमा मन्त्री पद खाली राखेर चार राज्यमन्त्री थप गर्ने तयारी गरेका हुन् । मुख्यमन्त्री राईले ओखलढुंगाका अम्बिर गुरुङ, इलामका राम राना, झापाकी जसमाया गजमेर र मोरङका विजय विश्वासलाई राज्यमन्त्री नियुक्त गर्ने छन् । चारैजनालाई आइतबार अपराह्न सपथ ग्रहण गराउने तयारी भइरहेको स्रोतले बताएको छ ।

    मुख्यमन्त्री शेरधन राईले जसमाया गजमेरलाई सामाजिक विकास मन्त्रालय, अम्बिर गुरुङलाई भौतिक पूर्वाधार, राम रानालाइ भूमि कृषि तथा सहकारी मन्त्रालय र विजय विश्वासलाई पर्यटन मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी दिने तयारी गरेका छन् । यीमध्ये विश्वास पूर्वमाओवादी हुन् भने अरू सबै पूर्वएमाले हुन्।

    नेपाल कम्युनिष्ट पार्टीभित्र पूर्वएमाले र पूर्वमाओवादीको भागबण्डामा यी दुई मन्त्रालयमध्ये भौतिकमा एमाले र कृषिमा माओवादीको दाबी थियो। पार्टी एकता नभएको बखत यी दुई मन्त्रालयको भागबण्डा टुंगो लाग्यो तर दुबै पार्टीले मन्त्रीको नाम टुंगो लगाउन सकेनन्। अहिले पार्टी एकता भइसके पनि यी मन्त्रालयमा मन्त्री नियुक्ति भएका छैनन्।

    एक नम्बर प्रदेशमा सात वटा मन्त्रालय छन् । मुख्यमन्त्री शेरधन राईले भौतिक योजना तथा पुर्वाधार विकास र भूमि, कृषि तथा सहकारी मन्त्रालय आफैं हेर्दै आएका छन् । पूर्वाधार मन्त्रालयमा उनले गुरुङलाई राज्यमन्त्री नियुक्त गर्न लागेका हुन् । लामो समय अमेरिका बसेका गुरुङ ओखलढुंगा प्रदेश निर्वाचन क्षेत्र १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनी मुख्यमन्त्रीको विश्वासपत्र मानिन्छन् ।

    शनिबार मात्र पार्टीको प्रदेश कमिटीले खाली रहेका मन्त्रालयमा मन्त्री नियुक्त गर्न निर्देशन दिएको थियो । तर मुख्यमन्त्री राईले भने मन्त्री खाली राखेर राज्यमन्त्री नियुक्त गर्न लागेका हुन् । राज्यमन्त्रीको आइतबार तीन बजे सपथग्रहण राखिएको छ ।

    कसलाई कुन मन्त्रालय दिने भन्ने विषयमा छलफल चलिरहेको छजनाइएकाने छ । स्रोतका अनुसार भौतिक पूर्वाधार राज्यमन्त्रीमा राईले गुरूङलाई ल्याउन चाहेका छन्। अन्य मन्त्रीको जिम्मेवारीबारे उनले मन्त्रीहरूसँग परामर्श गरिरहेका छन्। भौतिक प्रदेशको सबैभन्दा बढी बजेट भएको मन्त्रालय हो। सो मन्त्रालयमा राईले आफूनिकट राज्यमन्त्री चाहेको नेकपाका एक नेताले बताए।

    मन्त्रीमण्डल पुनर्गठनको प्रस्ताव ल्याएपछि नेकपा एक नम्बर प्रदेश कमिटीले शनिबार पदाधिकारी बैठक बोलाएको थियो। पदाधिकारी बैठकले पहिला मन्त्री नियुक्ति गर्न राईलाई सुझाव दिएको थियो।

    नेताहरूका अनुसार कृषि मन्त्रालयमा पूर्वमाओवादीबाट रामकुमार राई र झलकसिंह दर्लामी आकांक्षी थिए। तर, सहमति हुन नसक्दा टुंगो लागेन। अहिले पार्टी एकता भइसकेपछि त झन् मुख्यमन्त्री राई र नेताहरूबीच सम्बन्ध चिसिन पुगेको छ। भागबण्डामा भौतिक परे पनि पूर्वएमालेमा आकांक्षी बढी भएकाले मन्त्रीको नाम टुंगो लागेको थिएन।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...