News Portal

  • अन्ततः अग्नि सापकोटालाई सभामुख बनाउने सहमति

    भक्तपुरपोष्ट संवाददाता५ माघ २०७६
    १००८ पटक
    ५ माघ २०७६

    काठमाडौं । अन्ततः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी  (नेपाल)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच नेता अग्नि सापकोटालाई सभामुख बनाउने  सहमति जुटेको छ ।लामो समय देखि सभामुख चयनमा दुई अध्यक्षबीच लामो रस्साकस्सी चलेको थियो।

    प्रधानमन्त्री ओलीले पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई सभामुख बनाउन चाहेका थिए। दुई अध्यक्षबीच सभामुख कसलाई बनाउने भन्नेमा सहमति हुन नसक्दा प्रतिनिधि सभाको बैठक एक महिनादेखि अवरुद्ध थियो । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार विहान अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफलमा सापकोटालाई सभामुख बनाउन ओली सहमत भएका हुन् । लगतै ४ बजे सचिवालयको बैठक बोलाइएको छ ।

    पूर्वमाओवादी पक्षधर नेताहरुले सभामुख पद आफूहरुले पाउनुपर्ने दावी गर्दै आएका थिए। विगतमा शक्ति बाँडफाँडका क्रममा सभामुख पूर्वमाओवादीलाई परेकाले यसलाई नै कायम गर्नुपर्ने उनीहरुको दावी थियो।

    अध्यक्ष प्रचण्डलाई नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेताहरुले पनि साथ दिँदै आएका थिए। शक्ति सन्तुलनका दृष्टिकोणले पनि सभामुख पूर्वमाओवादी पक्षधर नेताहरुलाई दिनुपर्ने नेपाल पक्षको तर्क छ। यद्धपि नेपाल समूह यस विषयमा मौन छ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...