News Portal

  • रवि लामिछानेले पाए सफाइ

    भक्तपुरपोष्ट संवाददाता५ माघ २०७६
    ९०४ पटक
    ५ माघ २०७६

    चितवन । सञ्चारकर्मी शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दामा चितवन जिल्ला अदालतले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित सबै तीनजना अभियुक्तलाई सफाइ दिएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आइतबार यस्तो फैसला गरेको हो ।

    पुडासैनीले आत्महत्या गरेको भए पनि अभियुक्तहरुले दुरुत्साहन गरेको एकिन नहुने फैसलामा उल्लेख छ। गत साउन २० गते नारायणगढको एक होटलमा पुडासैनी झुण्डिएको अवस्थामा मृत फेला परेका थिए। प्रहरीले बरामद गरेको पुडासैनीको मोबाइलमा एउटा भिडियो रेकर्ड थियो। जसमा पुडासैनीले आफू रवि लामिछाने, युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीका कारण आत्महत्या गर्न बाध्य भएको सन्देश थियो। भिडियो सार्वजनिक भएपछि प्रहरीले उनीहरु तीनैजनालाई साउन ३० गते पक्राउ गरेको थियो।

    ‘निजहरुले मृतक प्रति कुनै षडयन्त्रपूर्वक दृष्टीकोण र अपराधिक दुराशय नदेखिएको अवस्थामा घटनास्थल र प्रतिवादीहरुको कार्य बीच अन्तरसम्बन्ध स्थापित गर्ने प्रमाण कागजहरु मिसिलमा संलग्न रहेको अवस्था नदेखिदा मृतकले व्यक्त गरेको भिडियो कथनलाई मात्र अन्तिम सत्य र अकाट्य प्रमाणको रुपमा ग्रहण गर्न मिलेन’ फैसलामा उल्लेख छ। यसैका आधारमा उनीहरु तीनैजनाले सफाइ पाउने फैसला भएको हो।

    पत्रकार पुडासैनीले आत्महत्या पूर्व रेकर्ड गरेको भिडियोलाई प्रमुख प्रमाण मान्दै प्रहरीले लामिछाने, कँडेल र काकीविरुद्ध अनुसन्धान थालेको थियो ।

    जिल्ला सरकारी वकिलको कार्यालयले पनि सोही भिडियोलाई प्रमुख प्रमाणको रुपमा अदालतमा पेश गरेको थियो । उक्त भिडियोमा पुडासैनीले अस्मिता भनिने रुकु कार्कीको प्रयोग गरी सञ्चारकर्मी लामिछाने र कँडेलले आफूलाई ‘ब्ल्याकमेल’ गरेका कारण आत्महत्या गर्न विवश रहेको आशय उल्लेख गरेका थिए ।

    तर, जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलेको इजलाशले भने पुडासैनीको उक्त भिडियोलाई नै अन्तिम सत्य र अकाट्य प्रमाणको रुपमा ग्रहण गर्न नमिल्ने ठहर गरेको छ ।

    अदालतले फैसलामा भनेको छ, ‘…उल्लेखित अवस्थाका आधार, प्रमाण र सन्दर्भ समेतका तथ्ययुक्त बस्तुस्थितिबाट मृत शालिकराम पुडासैनी आफू मर्नभन्दा पहिले आफ्नो मृत्युका सम्बन्धमा निजले ब्यक्त गरेको भनाई ‘मृत्युकालीन घोषणा’लाई यी प्रतिवादीहरु रवि लामिछाने र युवराज कँडेल समेतको कार्य, व्यवहार, आरण र अभिव्यक्ति समेतले सन्निकट सम्बन्ध जनाउने कुनै विश्वसनिय प्रमाण, भौतिक तथ्य र निजहरुको भौतिक उपस्थ्तिि समेत नदेखिएको र निजहरुको मृतकका प्रति कुनै षडयन्त्रपूर्ण दृष्टिकोण र आपराधिक दुरासय नदेखिएको अवस्थामा घटना, घटनास्थल र प्रतिवादीहरुको कार्यका बीच अन्तरसम्बन्ध स्थापित गर्ने प्रमाण कागजहरु संलग्न रहेको अवस्था नदेखिँदा मृतकले व्यक्त गरेको भिडियो कथनलाई मात्र अन्तिम सत्य र अकाट्य प्रमाणको रुपमा ग्रहण गर्न मिलेन । तसर्थ प्रतिवादीहरु रवि लामिछाने, युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीले शालिकराम पुडासैनीलाई आत्महतया गर्न दुरुत्साहन गरेको भन्ने अवस्था नदेखिदा निजहरु तीनै जनाले प्रस्तुत अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ । बादी नेपाल सरकारको दाबी पुग्न सक्दैन ।’

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...