News Portal

  • अधिवेशन संगै नाम र राजधानी टुङ्गो लगाउन माग

    भक्तपुर, ६ माघ
    १२११ पटक
    भक्तपुर, ६ माघ

    प्रदेश सभाको पाँचौँ अधिवेशन सुरु भएसंगै नाम र राजधानी टुङ्गो लगाउन माग गरेका छन् । प्रदेश सभाको पाँचौँ अधिवेशन चार महिनापछि आइतबारदेखि सुरु भएको हो । त्यस अवसरमा बोल्दै प्रदेश सभाका सदस्यहरूले यही अधिवेशनबाट प्रदेशको राजधानी र नाम टुङ्गो लाग्ने विश्वास व्यक्त गरे ।

    सभामा नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेशको राजधानी र नाम सिफारिस गर्न गठन भएको विशेष समितिले प्रदेश सभामा प्रतिवेदन बुझाइसकेको र अब प्रतिवेदनमाथि छलफल गर्दै प्रदेशको राजधानी र नाम यही अधिवेशनबाटै टुङ्गो लगाउनुपर्ने धारणा राखे।
    उनले विशेष समितिले बुझाएको प्रतिवेदनमाथि प्रदेश सभाका सदस्यहरूले छलफल गरी सबैलाई मान्य हुने नाम र राजधानीको विषय टुङ्गो लगाउन ढिलाइ गर्न नहुने धारणा व्यक्त गरे।

    उनले सहमति र संवादकै माध्यमबाट विगतमा पनि प्रदेश सभा अघि बढेको र अब पनि प्रदेश सभालाई सहमति र संवादकै थलोका रूपमा अघि बढाउन जरुरी रहेको समेत जोड दिए । नेपाली काँग्रेसकी सचेतक निर्मला क्षेत्रीले जनताको मर्म र भावनाअनुसार अब प्रदेशको राजधानी र नाम तोक्ने काममा ढिलाइ गर्न नहुने भन्दै प्रदेश सभाको ध्यानाकर्षण गराईन ।

    प्रदेशको नाम र राजधानीको विषयमा जनताले धेरै चासो र चिन्ता गर्न थालेको भन्दै उनले अब यही अधिवेशनले टुङ्गो लगाउने विश्वास आफूले लिएको बताईन । समाजवादी पार्टीका सांसद सन्तोष पाण्डेले प्रदेशको नाम र राजधानीको विषय अहिले सबैको चासो र चिन्ताको विषय भएकाले यस विषयमा प्रदेश सभामा गम्भीर रूपमा छलफल र बहस होस् भने ।

    उनले प्रदेशका जनता अझै पनि गरिबी र भोकमरीबाट आक्रान्त रहेकाले मुख्यमन्त्रीको नेतृत्वमा खाद्य योजना संयन्त्र बनाउन माग गरे । निजी क्षेत्रले अहिले २०–२५ रुपियाँमा गरिब जनतालाई खाना खुवाइरहेकाले प्रदेश सरकारले पनि कल्याणकारी कार्यक्रममार्फत गरिब जनतालाई भोजनको व्यवस्था गर्न सांसद पाण्डेले माग गरे ।

    नेपाली काँग्रेसका सांसद फकरुद्दीन खानले जनताको गुनासो सुन्ने प्रतिनिधिहरूले प्रदेश सभामार्फत नै सरकारको ध्यानाकर्षण गराउने भएकाले लामो समयसम्म प्रदेश सभाको अधिवेशन नहुँदा बाहिर राम्रो सन्देश नगएको बताए । उनले प्रदेशको राजधानी र नाम एकमतले टुङ्गो लगाउन सकेमा बाहिर राम्रो सन्देश जाने र त्यसले प्रदेशकै गरिमा बढ्ने विश्वास व्यक्त गरे ।

    नेकपाका सांसद दीपेश थारूले जनताले अनुभूति पाउने गरी प्रदेश सभाले अब प्रदेशको राजधानी र नाम पाउने विश्वास व्यक्त गर्दै यही अधिवेशनले नै यसको टुङ्गो लगाउनुपर्ने धारणा राखे । प्रदेश सभामा बोल्दै राष्ट्रिय जनमोर्चाकी सांसद तारा जिसीले अहिले तीव्र विवादका रूपमा देखापरेको एमसीसी खारेज गर्नुपर्ने बताईन ।

    त्यसअघि प्रदेश सभाको बैठक सुरु गर्दै सभामुख पूर्णबहादुर घर्तीमगरले प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सभाको बैठक आह्वान गरेको पत्र पढेर सुनाएका थिए भने चौथो अधिवेशनबाट पारित भई प्रदेश प्रमुखबाट प्रमाणीकरण भई आएको प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी पत्र सभामुखले पढेर सुनाएका थिए । प्रदेश सभाको अर्को बैठक माघ १२ गते बस्ने भएको छ ।

    प्रतिकृया दिनुहोस्

    खानेपानी वितरण र शुल्क असुलीको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्ने सांसद सुवालको सुझाव

    prem suwal

    खानेपानी मन्त्री महिन्द्रराय यादवको अध्यक्षतामा काठमाडौं उपत्यकामा खानेपानीको समस्या र समाधानका बारे अन्तरक्रिया सम्पन्न भएको...

    भरतपुरको घर घरमै पुगेर स्वास्थ्य सेवा, मेयर दाहालले गरिन् शुभारम्भ

    renu dahal

    भरतपुरका घर घरमै पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएकालाई स्वास्थ्य सेवा दिने कार्यक्रम...

    सिडिओ छोडेर भक्तपुरको प्रमुख प्रशासकीय अधिकृतमा भट्टराई

    निजामती सेवाका उपसचिव बसन्त भट्टराई सिडिओ छोडेर स्थानीय सरकारको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएका छन्...

    उपचाररत उपप्रधान एवं गृहमन्त्री श्रेष्ठलाई भेट्न नपाइने

    प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्...

    प्रधानमन्त्री प्रचण्ड अस्पताल पुगेर लिए उपप्रधान एवं गृह मन्त्री श्रेष्ठको स्वास्थ्य बारे जानकारी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।बुधवार...