News Portal

  • यी तीन अवस्थामा शिक्षकको सरुवा नहुने

    भक्तपुर, ७ माघ
    ११२७ पटक
    भक्तपुर, ७ माघ

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको संघीय शिक्षा ऐनको मस्यौदामा शिक्षक सरुवामा नयाँ व्यवस्थानको प्रस्ताव गरिएको छ । यस्तै मस्यौदामा विभिन्न तीन अवस्थामा शिक्षकको सरुवा नहुने व्यवस्था गरिएको छ ।

    मस्यौदा अनुसार कुनै पनि शिक्षक स्थायी सेवा अवधि पाँच वर्ष नपुगेको, अनिवार्य अवकास हुन १ वर्ष बाँकी रहेको र सरुवा भई कार्यरत रहेको विद्यालयमा कम्तीमा २ शैक्षिक वर्ष पूरा नगरेको शिक्षकको सरुवा नहुने प्रस्ताव गरिएको छ ।

    विद्यमान ऐनमा एउटै विद्यालयमा ५ वर्ष सेवा अवधि पुरा गरेको स्थायी शिक्षकलाई जिल्ला शिक्षा अधिकारीले जिल्ला भित्र, क्षेत्रीय निर्देशकले क्षेत्र भित्र र शिक्षा विभागले देशैभरी सरुवा गर्न सक्ने व्यवस्था छ । यसमा परिवर्तन गरी विभिन्न ३ अवस्थामा शिक्षकको सरुवा नहुने प्रस्ताव मस्यौदामा समेटिएको हो ।

    व्यवस्थापन समितिको सहमतीमा सम्बन्धित स्थानीय तहले पालिका भित्रका विद्यालयमा कार्यरत शिक्षकहरुको सरुवा गर्न सक्ने मस्यौदामा उल्लेख छ । एउटै जिल्ला भित्रका अन्तर स्थानीय तहबीच हुने शिक्षकको सरुवा व्यवस्थापन समिति र स्थानीय तहको सहमतीमा जिल्ला तहको शिक्षा सम्बन्धि मामिला हेर्ने कार्यालयले गर्ने प्रस्ताव छ ।

    यस्तो सरुवाको विवरण प्रदेश शिक्षा विभागमा पठाउनु पर्ने छ । विद्यमान ऐनमा शिक्षकले दिएको निवेदनका आधारमा जिल्ला शिक्षा अधिकारीले सरुवा गर्ने व्यवस्था छ । एउटै प्रदेश भित्रको एक जिल्लाबाट अर्को जिल्लामा प्रदेश शिक्षा विभागले सरुवा गर्ने मस्यौदामा प्रस्ताव गरिएको छ । यसरी सरुवा गर्दा व्यवस्थापन समिति र स्थानीय तहको सहमती आवश्यक हुने छ ।

    कुनैपनि शिक्षकको सरुवा नगरी नहुने अवस्था आएमा स्थानीय तहको सहमतीमा सरुवा गर्न बाधा नपर्ने बुँदा पनि ऐनको मस्यौदामा उल्लेख छ । यस्तै स्थानीय तहको सहमती र मन्त्रालयको पूर्व स्विकृतिमा राष्ट्रिय शिक्षा विभागले शिक्षकलाई मुलुकको जुनसुकै जिल्लामा सरुवा गर्न सक्ने मस्यौदामा उल्लेख छ ।

    सरुवा गर्दा महिला, अपाङ्गता भएका शिक्षकलाई सामान्यतया अपायक स्थानमा सरुवा नगर्ने र कुनै विद्यालयको रिक्त पदमा सरुवा गर्दा व्यवस्थापन समितिको सहमती लिन आवश्यक नभएको पनि मस्यौदामा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...