भारतको दक्षिणी राज्य केरलबाट नेपाल भ्रमणमा आएका घुम्न आएका दुई परिवारका ८ सदस्यले एकसाथ ज्यान गुमाएका छन् । मंगलबार उनीहरुको मकवानपुरको दामनस्थित एभरेष्ट पानोरमा होटलमा ज्यान गएको हो ।
हिटर बालेर होटलको कोठामा सुतेका उनीहरुको अक्सिजन अभावमा ज्यान गएको प्रहरीको अनुमान छ । बेहोस अवस्थामा काठमाडौंस्थित ह्याम्स अस्पताल ल्याइएका उनीहरुलाई चिकित्सकहरुले मृत घोषणा गरिदिएका हुन् ।
मृत्यु हुनेमा केरलका ३८ वर्षीय रञ्जित, ३७ वर्षीय प्रविण, ३४ वर्षीय इन्द्र, ३२ वर्षीया सरिया रहेका छन् भने ९ वर्षीया बन्द्रा, ७ वर्षीया बालिका अर्चना, ५ वर्षीय बालक अभी, ५ वर्षीया वैष्णव र ९ वर्षीया बन्द्रा रहेको प्रहरीले बताएको छ ।
तस्वीर श्रोत : थाहाँखबर