News Portal

  • राष्ट्रियसभा निर्वाचन : यी हुन् आजको मतदान स्थल

    भक्तपुरपोष्ट संवाददाता९ माघ २०७६
    ८५० पटक
    ९ माघ २०७६

    काठमाडौँ । बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदानस्थल तोकिएका छन् । निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गर्दै मतदानस्थल तोक्नेलगायतका व्यवस्थापकीय काम पूरा भएको जनाएको हो ।

    सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रदेश १ मा विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, प्रदेश २ मा जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायणनिधि स्मृती भवन, वागमती प्रदेशको ललितपुर महानगरपालिका वडा नं ४ वडासमितिको भवन, गण्डकी प्रदेशको जिल्ला निर्वाचन कार्यालय कास्की परिसरमा मतदानस्थल तोकिएको जानकारी दिए।

    प्रदेश ५ को घोराही उपमहानगरपालिकाको कर्मचारी मिलन केन्द्रको भवन, कर्णाली प्रदेशको जिल्ला निर्वाचन कार्यालय सुर्खेत परिसर र सुदूरपश्चिम प्रदेशको सिलगढी नगरपालिकाको पद्म पब्लिक मुक्ति नारायण उच्च माध्यमिक विद्यालयमा मतदानस्थल तोकिएको छ।

    प्रदेश १ मा प्रदेशसभा सदस्य ९३ र स्थानीय तहका प्रमुख र उपप्रमुख २८४ गरी ३६७ जना, प्रदेश २ मा प्रदेश सभा सदस्य १०७ र स्थानीय तहका प्रमुख उपप्रमुख २७२ गरी ३७९ जना, वागमती प्रदेशमा प्रदेश सभा सदस्य ११० र स्थानीय तहका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ जना, गण्डकी प्रदेशमा प्रदेश सभा सदस्य ६० र स्थानीय तहका प्रमुख/उपप्रमुख १७० गरी २३० जना मतदाता छन्।

    प्रदेश ५ मा प्रदेश सभा सदस्य ८७ र स्थानीय तहका प्रमुख/उपप्रमुख २१८ गरी ३०५ जना, कर्णाली प्रदेशमा प्रदेश सभा सदस्य ४० र स्थानीय तहका प्रमुख/उपप्रमुख १५८ गरी १९८ जना, सुदूरपश्चिम प्रदेशमा प्रदेश सभा सदस्य ५३ र स्थानीय तहका प्रमुख/उपप्रमुख १७६ गरी २२९ जना मतदाता छन्।

    राष्ट्रियसभामा प्रदेश सभाका सदस्यको मतभार ४८ र स्थानीय तहका गाउँपालिका अध्यक्ष/उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख/उपप्रमुखको मतभार १८ हुन्छ।

    प्रदेश १ मा ३ जना, प्रदेश २ मा ४ जना, वागमती र गण्डकी प्रदेशमा २/२ जना, प्रदेश ५ मा ३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशमा २/२ जना गरी १८ सदस्यको निर्वाचन हुँदैछ।

    प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने मतपत्रसहित अन्य आवश्यक निर्वाचन सामग्रीहरू सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयसम्म पुर्‍याइसकिएको जानकारी दिए।

    निर्वाचनमा ६ राजनीतिक दलले प्रतिस्पर्धा गर्न उम्मेदवारी दिएका छन्। ७ प्रदेशमा महिला समूहतर्फ १६, दलित समूहतर्फ ५, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहतर्फ ५ र अन्य समूहतर्फ १९ गरी ४५ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको आयोगले जनाएको छ।

    आयोगले मतदाताहरु प्रदेशसभा सदस्यले सेतो कागजमा हरियो रङको मसीले र स्थानीय तहका प्रमुख/उपप्रमुखले सेतो कागजमा रातो रङको मसीले निर्वाचन चिन्ह उल्लेख गर्नु पर्ने जनाएको छ। आयोगले ६ हजार दुई सय ६० मतपत्र सम्वन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाएको जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...