News Portal

  • राष्ट्रियसभा निर्वाचन : प्रदेश ५ मा नेकपाको ‘क्लीन स्वीप’

    भक्तपुरपोष्ट संवाददाता९ माघ २०७६
    ७६७ पटक
    ९ माघ २०७६

    दाङ।  राष्ट्रियसभा सदस्यका लागि बिहीबार दाङमा भएको निर्वाचनमा प्रदेश ५ मा नेकपाका तीनै जना उम्मेदवार विजयी भएका छन्। सत्तारूढ दल नेकपाबाट अपाङ्ग सदस्यमा दाङका जगप्रसाद शर्मा, महिला सदस्यमा कपिलवस्तुबाट विमला घिमिरे र अन्यबाट रुपन्देहीका गोपाल भट्टराई निर्वाचित भएका छन्।

    दाङका शर्मा गत प्रदेशसभा सदस्यमा पराजित भएका थिए । राष्ट्रिसभाका तीन जना सदस्य पदका लागि नौ जना बीचमा प्रतिपर्धा भएको थियो। नेकपा र कांग्रेसबाट समान तीनरतीन जना, समाजवादी पार्टीबाट दुई जना र राष्ट्रिय जनमोर्चा पार्टीबाट एक जनाले प्रतिस्पर्धा गरेका थिए।

    कांग्रेसबाट महिला सदस्यमा दाङबाट गिरिजादेवी न्यौपाने, अल्पसंख्यक सदस्यमा बाँकेबाट मेराज अहम्मद हलवाई र अन्यबाट अर्घाखाँचीबाट बालकृष्ण पाण्डेय उम्मेदवार थिए। त्यस्तै, समाजवादी पार्टीबाट अल्पसंख्यक सदस्यमा बाँकेबाट सुनिलकुमार सिंघल र अन्यबाट बर्दियाका कृष्णप्रसाद अहिर उम्मेदवार थिए। त्यसैगरी, राष्ट्रिय जनमोर्चाले अन्य सदस्यका लागि कपिलवस्तुबाट शिवप्रसाद पौडेललाई उम्मेदवार बनाएको थियो।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...