News Portal

  • राष्ट्रहितलाई सर्वोपरि राखेर एमसीसीमा परिमार्जनसहित अघि बढ्छौं -प्रचण्ड

    भक्तपुरपोष्ट संवाददाता१० माघ २०७६
    ८६५ पटक
    १० माघ २०७६

    नवलपुर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट परिमार्जन सहित अनुमोदन हुने बताएका छन् ।

    शुक्रबार नवलपुरमा पार्टी नेता कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले एमसीसी धेरै पहिले सुरु भएको भए पनि अमेरिकाले दक्षिण एसियामा इण्डो प्यासिफिक सैन्य रणनीति अगाडि बढाएपछि विवाद भएको बताए । यसबारे पार्टीमा पर्याप्त छलफल भएको भन्दै उनले भने, हामीले के भनेका छौं भने राष्ट्रिय हित अनुकुल हुने गरी जरुरी पर्दा अमेरिकासँग पुनः सम्वाद गरेर सम्भव हुनेसम्म परिमार्जन गरेर कार्यान्वयन गर्न उचित हुन्छ भन्ने स्पिरिटमा निर्णय गरेका छौं ।’

    उनले एमसीसीको मुद्दालाई राष्ट्रहितमा हुने गरी अघि बढाइने र जरुरी पर्दा अमेरिकासँग पुन सम्बाद गरेर अघि बढ्ने बताए ।

    ‘स्थायी समिति बैठकमा एमसीसीका बारेमा पर्याप्त छलफल गरेका छौं’ प्रचण्डले भने,‘ हामीले के भनेका छौं भने, यो एमसीसीको मुद्दा राष्ट्रिय हित हुने गरी जरुरी पर्दा अमेरिकासँग पुन सम्वाद गरेर सम्भव हुनेसम्म परिमार्जन गरेर कार्यान्वयन गर्न उचित हुन्छ भन्ने स्प्रीटमा हामीले निर्णय गरेका छौं ।’

    प्रचण्डले अगाडि थपे,‘ हामी सचिवालयमा यो विषयमा छलफल गरेर राष्ट्रहितलाई सर्वोपरि राखेर मात्रै हामी अगाडि बढाउँछौं ।’

    उनले एमसीसी कार्यक्रम अफ्रिका र एशियाका विभिन्न देशहरुमा चलिरहेको बताउँदै एमसीसी अघि बढिरहेको बेलामा आएको इन्डो प्यासिफिक रणनीतिलाई अघि सारिएपछि विवादहरु देखिएको बताए ।

    ‘एमसीसी अगाडि जाँदै गर्दा अमेरिकाले दक्षिण एसियामा खासगरी इन्डो प्यासिफिक रणनीति भनेर अगाडि ल्याएपछि र त्यो सैन्य रणनीतिको रुपमा अगाडि बढाएपछि विवाद त्यहाँबाट शुरु भएको छ’ प्रचण्डले भने,‘ तर पछिल्लो पटक अमेरिकी दूतावासबाट १० बुँदे स्पष्टिकरण आएको छ । त्यसलाई पनि हामीले विचार गरेर नेपालको राष्ट्रिय हीतलाई ध्यानमा राखेर हामी निर्णय गर्छौं ।’

    पछिल्लो समय नेकपामा विवाद रहेको बारेमा समाचारहरु आएको भन्दै त्यस्ता भ्रमपूर्ण कुराहरुको पछि नलाग्न कार्यकर्ताहरुमा आग्रह गरे ।

    पार्टीका बारेमा सामाजिक सञ्जालमा विभिन्न खालका अफवाहाहरु फैलिएको भन्दै त्यसलाई विश्वास नगर्न प्रचण्डको आग्रह थियो ।

    सामाजिक सञ्जाल फेसबुकको जमान रहेको र माथि नभएको कुरालाई पनि विवाद भयो भनेर तल काम गर्नेहरुलाई दिग्भ्रमित गर्ने काम भएको भन्दै त्यसलाई वेवास्ता गर्न उनले आग्रह गरे । प्रचण्डले पार्टीमा कुनै समस्या नरहेको र एकतावद्ध रुपमा अघि बढिरहेको दाबी गरे ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...