News Portal

  • सहिद सप्ताह सुरु

    भक्तपुरपोष्ट संवाददाता१० माघ २०७६
    ६५९ पटक
    १० माघ २०७६

    काठमाडौं ।आजबाट सहिद सप्ताह सुरु भएको छ। मुलुक र जनताको मुक्तिका लागि आफ्नो ज्यानको आहुति दिने सहिदहरुको सम्झनामा प्रत्येक वर्ष सहिद सप्ताह मनाउने गरिन्छ।

    माघ १० गतेबाट सुरु हुने सहिद सप्ताहमा आजको दिन सहिद शुक्रराज शास्त्रीको सम्झनामा विभिन्न कार्यक्रम गरी मनाईदैछ। नागरिकको हक हितका लागि लड्दालड्दै वि.स. १९९७ माघ १० गते टेकुको पचलीमा रहेको खरीको बोटमा झुण्ड्याएर शास्त्रीको हत्या गरिएको थियो। शास्त्रीलाई झुण्ड्याइएको रुख भएको ठाउँमा आज काठमाडौं महानगरपालिकाले श्रद्धाञ्जलीसभाको आयोजना गरेको छ। सभामा महानगरपालिकाका प्रमुख लगायत अन्य व्यक्तिहरुको सहभागिता रहेको थियो। नेपाल सरकारले सहिद शुक्रराज शास्त्रीको सम्झनामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल सञ्चालनमा ल्याएको छ।

    सहिद सप्ताहमा माघ १३ गते धर्मभक्त माथेमाको सम्झनामा विभिन्न कार्यक्रम आयोजना हुनेछन्। माथेमाको १९९७ माघ १५ गते सिफलमा हत्या गरिएको थियो। त्यसैगरी सोही वर्षको माघ १५ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दको माघ १५ गते शोभा भगवतिमा तत्कालिन राणाशासकहरुले गोली हानेर हत्या गरेका थिए। माघ १६ गतेसम्म विभिन्न कार्यक्रम गरी सहिद सप्ताह मनाइने छ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...