News Portal

  • सरकारले किटान गर्यो पठनपाठनको समयावधि

    भक्तपुरपोष्ट संवाददाता१३ माघ २०७६
    ३६५६ पटक
    १३ माघ २०७६

    सरकारले संघीय संरचनासहितको नयाँ राष्ट्रिय पाठ्यक्रम प्रारुप जारी गरेको छ । विद्यालय तहको शिक्षा विद्यार्थी केन्द्रित बनाउन भन्दै प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्मै प्रयोगात्मक कार्यको व्यवस्थासहित पाठ्यक्रम प्रारुप तयार पारिएको हो ।

    नयाँ संविधान, शिक्षा ऐनको आठौं संशोधन, संघीय संरचना र कक्षा ११–१२ पनि विद्यालय शिक्षामा समाहित भएपछि नयाँ पाठ्यक्रम जारी गरिएको हो । २०७६ भदौ २० गते स्वीकृत भएसँगै यो कार्यान्वयनमा गएको छ । प्रारुपमा पठनपाठनको अवधि किटान गरिएको छ ।

    प्रारुपअनुसार अब प्रारम्भिक बालशिक्षाका लागि प्रतिदिन ४ घण्टा ३० मिनेटका दरले वार्षिक जम्मा ५७६ घण्टा दैनिक सीप सिकाइ क्रियाकलाप र विषयगत सीप सिकाइ क्रियाकलाप सञ्चालन गर्नुपर्नेछ ।

    यसैगरी, वार्षिक ३८४ घण्टा आधारभूत सिप सिकाइका क्षेत्र अन्तर्गत शारीरिक सिप,  संवेगात्मक सिप,  सामाजिक, सांस्कृतिक र नैतिक सिप,  बौद्धिक तथा मानसिक सिप,  स्वास्थ्य, पोषण, सुरक्षा र वातावरण सिप र  सिर्जनात्मक सिप सिकाइनेछ भने वार्षिक १९२ घण्टा विषयगत सिप सिकाइका क्षेत्र अन्तर्गत भाषिक सिप,  पूर्वगणितीय सिप, दृश्यकला, कार्यतरिका र सिर्जनशीलता,  वरपरको वातावरण र  सामाजिक सिप सिकाइनेछ ।

    यसबाहेक मनोरञ्जन व्रिmयाकलाप, बाह्य खेल र आराम गर्ने समय कम्तीमा दैनिक एक घण्टाका दरले वर्षभरिमा २५६ घण्टा आराम र खेल्नका लागि छुट्याउनु पर्नेछ । कक्षा १ देखि ३ सम्म जम्मा २६ पाठ्यघण्टा (क्रेडिट आवर) अर्थात् वार्षिक ८३२ कार्य घण्टाको पठनपाठन गर्नु पर्नेछ । कक्षा ४ देखि १२ सम्म जम्मा ३२ पाठ्यघण्टा अर्थात् वार्षिक १०२४ कार्य घण्टाको पठनपाठन गर्नुपर्ने छ । यस्तै ६ देखि ८  र ९र १० कक्षामा पनि ३२ पाठ्यघण्टा अर्थात् वार्षिक १०२४ कार्य घण्टाको पठनपाठन गर्नुपर्ने छ ।

    ११ र १२ कक्षामा भने २७ पाठ्यघण्टा अर्थात् वार्षिक ८६४ कार्य घण्टाको पठनपाठन गर्नुपर्नेछ । जहाँ ५  पाठ्यघण्टाको वार्षिक १६० कार्यघण्टा बराबरको थप ऐच्छिक विषय पढाउनुपर्नेछ ।

    पठनपाठन सञ्चालनका लागि खर्च भएको ३२ घण्टाको समयावधिलाई १ पाठ्यघण्टा मानिएको छ । तोकिएको साप्ताहिक पाठ्यघण्टा नघट्नेगरी विद्यालयले विषयको आवश्यकता अनुसारको साप्ताहिक कार्यतालिकाको समयावधि निर्धारण गरी कक्षा सञ्चालन गर्न सक्नेछन् । प्रतिदिन प्रतिविषय एक घण्टाको एक पिरियड बनाउन सकिने जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...