News Portal

  • सभामुख सापकोटाले लिए सपथ

    भक्तपुरपोष्ट संवाददाता१३ माघ २०७६
    ९४३ पटक
    १३ माघ २०७६

    काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्‍नि सापकोटाले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय शीतल निवासमा सापकोटाले सोमबार पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

    सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायधीश चोलेन्द्र शमशेर जवरा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संवैधानिक आयोगका प्रमुखहरु, मन्त्रीहरुलगायत सरकारका उच्च पदस्थ अधिकारीको सहभागिता थियो।

    सापकोटा आइतबार प्रतिनिधिसभाको सभामुखका निर्विरोध निर्वाचित भएका थिए। उनी सिन्धुपाल्चोक–२ बाट २०७४ मा भएको निर्वाचनमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित भएका थिए।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...