News Portal

  • जुम्ल्याहा हात्तीको चित्र भएको ३ खर्बका नयाँ हजारको नोट छाप्दै राष्ट्र बैंक

    भक्तपुरपोष्ट संवाददाता१३ माघ २०७६
    १३६५ पटक
    १३ माघ २०७६

    काठमाडौँ । अब हजारको नोटमा दुईवटा हात्ती भएको चित्र राखिने भएको छ । अहिले प्रचलनमा रहेको हजारको नोटमा समावेश गरिएको हात्ती अफ्रिकी मुलको रहेको पत्ता लागेपछि राष्ट्र बैंकको डिजाइन कमिटीले नोटमा नेपालकै जुम्ल्याह हात्तीको चित्र राख्ने निर्णय गरेको हो । राष्ट्र बैंकले हजार रुपैयाँका ३१ करोड थान अर्थात ३ खर्ब १० अर्ब रुपैयाँका नयाँ नोट छाप्न लागेको हो ।

    ३१ करोड थान हजारका नोट छाप्नका लागि ९१ लाख ९० हजार अमेरिकी डरलमा सम्झौता भएको राष्ट्र बैंकले बताएको छ ।जुम्ल्याह हात्तीको चित्र समावेश हजारको नोट ४ महिनाभित्र छापिएर आउने राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए ।

    प्रचलनमा रहेको हजारको नोटमा समावेश हात्ती कुन मुलुको भनेर अझै यकिन भइसकेको छैन ।कतिले उक्त हात्ती अफ्रिकी मुलको जस्तो देखिने आंकलन गरेका छन् ।

    ६/७ वर्षदेखि नोटमा जनावरहरु फेरिएका छन् । पाँचको नोटमा दुईवटा याक समावेश थिए । अहिले एउटा मात्र याक छ । पाँच सयको नोटमा दुईवटा बाघ थिए, अहिले चितवन राष्ट्रिय निकुञ्जको एउटामात्र बाघ राखिएको छ । सयको नोटमा पहिले एउटा गैंडाको तस्बिर भएकोमा अहिले यसमा माउ र बच्चा गैंडाको फोटो छ।

    अब हजारको नोटमा पनि जुम्ल्याह हात्ती देखिने भएको हो । यी नोटहरु छाप्नका लागि राष्ट्र बैंकले गत असोजमा टेण्डर आह्वान गरेको थियो । टेण्डर प्रक्रिया सम्पन्न भई चीनको चाइना बैंक नोट प्रिन्टिङ एण्ड माइनटिङ कर्पोरेशनसँग सम्झौता समेत गरिसकेको छ ।

    केही दिन मात्रै राष्ट्र बैंकले ५, १० र पाँच सयको नयाँ नोट छपाइ प्रस्ताव आह्वान गरेको थियो । बैंकले ५ रुपैयाँको ३० करोड थान, १० रुपैयाँको ३४ करोड थान तथा ५ सयको १९ करोड थान नयाँ नोट छपाइ गर्न लागेको हो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...