News Portal

  • रौतहटमा प्रहरी र भारतीय अपराधीबीच दोहोरो भिडन्त

    भक्तपुरपोष्ट संवाददाता१५ माघ २०७६
    ७३६ पटक
    १५ माघ २०७६

    रौतहट । रौतहटमा प्रहरी र अपराधी समुहबीच दोहोरो भिडन्त भएको छ ।रौतहट जिल्लाको दक्षिणी भेग तथा भारत कुण्डवा चैनपुर थाना क्षेत्रको सामुन्ने पर्ने इशनाथ नगरपालिका–१ बन्जरास्थित नेपाल–भारत सीमासँग जोडिएको बकैया नदीको बाँधमागएराति प्रहरी गस्ती टोली र भारतीय अपराधीबीच दोहरो भिडन्त भएको हो ।

    भिडन्तमा प्रहरीको गोली लागेर घाईते भएका मोस्टवान्टेड भारतीय अपराधीलाई प्रहरीले पक्राउ गरेको छ ।गोली हानाहानमा भारतका शेख चाँद अलीको दाहिने खुट्टामा गोली लागेर घाइते भएको जिल्ला प्रहरी रौतहटका प्रहरीले जानकारी दिएको छ ।

    रातिको समयमा प्रहरी गस्ती टोली र अपराधी समूहबीच जम्काभेट हुँदा अपराधी समूहको तर्फबाट गोली चलाएपछि प्रहरीको जवाफी कारवाहीमा मोस्टवान्टेड भनिएका शेख चाँदको खुट्टामा गोली लागेको हो ।प्रहरीले उक्त समूहबाट एउटा कटुवा पेस्तोल, एक राउण्ड गोली र खोका बरामद गरेको छ ।उक्त समूहले यसअघि रौतहटमा थुप्रै अपराध गरेको चाँद अलीले स्वीकारेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...