News Portal

  • सरकारले केही नगरेको होइन, युगान्तकारी काम भएका छन् – प्रधानमन्त्री ओली

    भक्तपुरपोष्ट संवाददाता१५ माघ २०७६
    ६३२ पटक
    १५ माघ २०७६

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही पनि काम भएन भनेर भएको प्रचार सही नभएको बताएका छन् । सरकारले युगान्तकारी काम गरिरहेको उनको दाबी छ । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भने, ‘केही पनि काम भएन भनिन्छ । त्यस्तो होइन । प्रचार नभएको हुनसक्छ ।’

    प्रधानमन्त्री ओलीले आफू नेतृत्व सरकारले गरेका कामको फेहरिस्त सुनाउँदै विपक्षीहरुले भनेजस्तो नेपालको अवस्थामा खस्किदो अवस्थामा नरहेको दाबी गरे  । प्रधानमन्त्री ओलीले नेपाल मानव विकास सूचकांकमा १४९ बाट २ स्थान माथि उक्लिएर १४७ मा पुगेको सुनाए । यस्तै, विश्व भोकमारिको सूचकांकका अहिले नेपालको स्थिति सुदृण भएको र ७३ औं स्थानमा पुगेको प्रधानमन्त्री ओलीले बताए ।

    शान्ति सुव्यवस्थाको स्थितिमा ग्लोबल पिसमा इन्डेक्समा नेपालले १२ विन्दु सुधार गरेर १६५ देश मध्ये ७६औं स्थानमा पुगेको ओलीले सुनाए ।शान्ति सुव्यवस्थाको स्थितिमा नेपाल चीन, भारत, बंगलादेश लगायतका देशभन्दा पनि माथि उठेको ओलीले विवरण सुनाए ।‘हामी धेरै अगाडि छौं । निकट भविष्यमा हामी राम्रो पुर्‍याउन सकिन्छ,’ ओलीले भने ।

    प्रधानमन्त्री ओलीले विधिको शासनमा पनि नेपाल गत वर्षको भन्दा दुई स्थानमा माथि उक्लिएको सुनाए । भ्रष्टाचार नियन्त्रणको सूचकांकमा पनि नेपाल ११ स्थान माथि उक्लिएको ओलीले सुनाए ।

    प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकार गठन भएपनि लगातार २ वर्षमा वैदेशिक लगानी १३२.५ प्रतिशतले बढेको पनि सुनाए । सरकारले लगानीकर्ताहरुलाई एकीकृत सेवा केन्द्रको स्थापना गरेर सुविधा उपलव्ध गराउन थालेको पनि प्रधानमन्त्री ओलीले सुनाए । ‘प्रत्येक स्थानीय तहमा लगानी ग्रामको स्थापना गर्ने भनेका थियौं, जसमध्ये ३२ मा स्थापना गरिसकेका छौं,’ प्रधानमन्त्री ओलीले भने ।

    प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले राष्ट्रिय व्यापार घाटामा कमि ल्याएको पनि बताए । ‘व्यापार घाटामा कमि आएको छ । अधिल्लो वर्षको तुलनामा व्यापार घाटा ६.३ प्रतिशतले घटेको छ,’ प्रधानमन्त्री ओलीले भने ।

    प्रधानमन्त्री ओलीले सुनाएका आफू नेतृत्वको सरकारका उपलब्धिहरु बुँदागत रुपमा–

    – आयात घटेको छ भने निर्यात बढेको छ ।

    – नेपालको व्यापारको विविधिकरण भएको छ । भारतबाट ६८ र अन्य बाट ३२ मात्र हुन्थ्यो अहिले बढेको छ ।

    – शेयर बजारमा सकारात्मक सुधार आएको छ ।

    – भुक्तानी सन्तुलन, घाटा पनि बचतमा गएको छ ।

    – उत्पादन र उत्पादकत्व बढेको छ । कृषिमा ५ प्रतिशत, औद्योगिक उत्पादनमा बृद्धि भएको छ ।

    – काठको आयातका कमी आएको छ ।

    – फलाम कम्पनीको स्थापना गरिएको छ । करिब ३० वर्षसम्म प्रतिदिन ८ सय टन उत्पादन क्षमता चीनमा गरिएको परीक्षणमा देखिएको छ ।

    – दैलेखमा पेट्रोलियम पदार्थ उत्खननको काम अघि बढेको छ ।

    – पर्यटक आगमनको संख्या बढेको छ ।

    – प्रधानमन्त्री रोजगार कार्यक्रमबाट १ लाख ८५ हजार रोजगारी सिर्जना भएको छ ।

    – प्रतिदिन ५.७ किलोमिटर सडक कालोपत्रे भइरहेको छ । यसअघि वर्षमा १० प्रतिशत मात्र भइरहेको थियो ।

    – ३ हजार ६ सय २६ किलोमिटर सडक कालोपत्रे भएको छ । अहिले सिंगल लेन होइन डवल वा फोर लेनको सडक बनेको छ । विरोधीहरुले आफ्नै ठाउमा एउटा मात्र बनेको देख्छ, तर त्यहाँमात्र बनेको त होइन देशभर बनेको छ । ४१ वटा पुल बनेको छ । पूर्व पश्चिम राजमार्गको स्तर उन्नती गर्ने कार्य भइरहेको छ ।

    – नागढुंगा शुरुङ मार्गको सुरुवात भएसँगै एउटा युगमा प्रवेश गरेका छौं ।

    – आफ्नै रेल सञ्चालनको काम भइरहेको छ । चीनबाट काठमाडौं जोड्ने रेलको अध्ययन सकिएको छ ।

    – नारायणी नदीमा क्रुज सञ्चालनको तयारी पूरा भइसकेको छ ।

    – कूल जनसंख्याको ८८ प्रतिशतमा विद्युत पुगेको छ । प्रतिव्यक्ति विद्युत खपत बढेको छ । अहिले विद्युत उत्पादन २४५ मेगावाट पु¥याइएको छ, पहिला १४५ मात्र थियो ।

    – माथिल्लो त्रिशुली थ्री ए सरकारले विशेष पहल गरेर सम्पन्न गरेको छ ।

    – नेपालमा उत्पादिन विद्युत भारत र वंगालादेशमा विस्तार गर्न सहयोग पुग्ने गरी भारतसँग सम्झौता गरिएको छ ।

    – नेपाल र चीनबीचमा उर्जा सम्झौता भएको छ ।

    – गल्छी केरुङ प्रसारणका लागि अध्ययन भएको छ ।

    – विद्युत चुहावट झारिएको छ । सिँचाइ सेवा विस्तार गरिएको छ ।

    – भेरी बबइ डाइभर्सनको लागि सुरुङ निर्माण कार्य सम्पन्न भएको छ ।

    – ४० वर्षपछि विमानस्थलको पुनर्निमाण गरिएको छ । जुनसुकै विमान उड्न बस्न सक्ने बनाइएको छ ।

    – ५ वटा आन्तरिक विमानस्थलमा कालोपत्रे गरिएको छ ।

    – प्रधानमन्त्री निवास, प्रदेश प्रमुखका लागि आवस र सम्पर्क कार्यालय बन्न थालेका छन् ।

    – काठमाडौं उपत्यकाको फोहर मैला व्ययवस्थापन गर्न बन्चरेडाँडामा काम भइरहेको छ । जनता आवासको कार्यक्रम अन्तर्गत घरहरु बनेका छन् ।

    – कलत्तामा आफ्ना कन्टेर चलाउन सक्ने भएको छ । तातोपानी नाका खुलेको छ ।

    – पोखरा रंगशालामा नयाँ प्याराफिट बनेको छ ।

    – मेलम्ची खानेपानीको काम सक्दै यसै आर्थिक वर्षभित्र काठमाडौं उपत्यकामा पानी झार्ने ।

    – गुह्येश्वरीमा पानी प्रशोधन केन्द्र बनेको छ । तुइन विस्थापन गरिएको छ ।

    – २२८ वटा स्वास्थ्य सम्बन्धी भवन बनेका छन् ।

    – ४ लाख ८२ हजार निजी आवास बनेका छन् ।

    प्रतिकृया दिनुहोस्

    स्पा सेन्टरका संचालक पौडेल पक्राउ

    रोजगारीको प्रलोभन देखाई वेश्यावृत्तीमा लगाएको अभियोगमा काठमाडौं महानगरपालिका-९ रातोपुलस्थित नुवाकोट व्यूटी पार्लर एण्ड स्पा सेन्टरका...

    भक्तपुर नगरपालिकाले सम्पूर्ण लागत आफै व्यहोर्ने गरी बनाउँदैछ थन्थु दरवार

    पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाड्डको नेत्रित्वामा आएको एक टोलीले भक्तपुर नगरपालिकाको पुरानो नगरपालिका भवन रहेको...

    भक्तपुर केन्द्रबिन्दु भएर भूकम्प

    भक्तपुरमै केन्द्रबिन्दु गरी भूकम्प गएको छ । भक्तपुरको पलाँसे आसपास केन्द्रबिन्दु भएर मंगलवार राति करिब...

    गीत संगीतले संदेश दिन सक्नुपर्छ : सुनिल प्रजापति

    sunil prajapati bhaktapur

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गीत संगीतले समाजलाई संदेश दिन सक्नुपर्ने प्रष्ट पारेका छन् ।...

    अन्नको सम्मान गर्ने पर्व ‘सकिमना पुन्ही’ सम्पन्न

    sakimana punhi

    अन्नको सम्मान गर्ने पर्वको रुपमा सकिमना पुन्ही सम्पन्न भएको छ । विशेषगरी नेवा समुदायले मनाउने...