News Portal

  • पत्रकार महासंघद्वारा पत्रकारको लाइसेन्स जाँचको व्यवस्था हटाउन माग

    भक्तपुरपोष्ट संवाददाता१६ माघ २०७६
    ८४३ पटक
    १६ माघ २०७६

    काठमाडौं । नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयकबाट पत्रकारको लाइसेन्सको जाँच लिने व्यवस्था हटाउन माग गरेको छ ।बिहीबार विज्ञप्ति जारी गरी महासंघले पत्रकारको लाइसेन्स जाँच लिने प्रावधान संविधानको मर्म र भावना विपरीत हुनुका साथै प्रेस स्वतन्त्रता विरोधी पनि भएको बताएको छ ।

    महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा लाइसेन्स जाँच लिनेलगायतका प्रेस स्वतन्त्रताविरोधी प्रावधान सच्याएर मात्र विधेयक प्रतिनिधिसभामा पठाउन राष्ट्रियसभासँग माग गरेको छ । ‘अन्यथा संविधानको मूल मर्म, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभ्यास र अन्तर्राष्ट्रिय मान्यता विपरीत गठन हुने मिडिया काउन्सिललाई स्वीकार गर्न महासंघ र सञ्चार क्षेत्र बाध्य हुने छैन’ विज्ञप्तिमा भनिएको छ ।

    राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले नयाँ आउने पत्रकारले लाइसेन्स परीक्षा दिनुपर्ने व्यवस्थामा सहमति जुटाएपछि त्यसको सञ्चार क्षेत्रबाट विरोध भएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...